no-image

नेपाल इन्भेष्टमेन्ट बैङ्कले गत आर्थिक वर्षमा १५ प्रतिशतले नाफा बढाएर ३ अर्ब ५७ करोड ८८ लाख रुपैयाँ पुर्याएको छ । बैङ्कले अघिल्लो आवमा ३ अर्ब ११ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो । यस आवमा कम्पनीले अघिल्लो वर्षकोभन्दा ४६ करोड ४७ लाख रुपैयाँ नाफा बढाएको हो ।

हाल बैङ्कको चुक्ता पुँजी १० अर्ब ६४ करोड रुपैयाँ छ भने जगेडा कोषमा ११ अर्ब ६६ करोड रुपैयाँ राखेको छ । १ अर्ब २५ करोड रुपैयाँ सापटी लिएको बैङ्कले १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै १ खर्ब २२ अर्ब रुपैयाँ कर्जा सापटी दिएको छ ।

२६ अर्ब ८५ करोड रुपैयाँ लगानी गरेको बैङ्कले १३ अर्ब ४२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ र ब्याज वापतको खर्च ७ अर्ब २३ करोड गरेको छ । बैङ्कको प्रतिसेयर आम्दानी ३३ दशमलव ७४ प्रतिशत छ भने प्रतिसेयर नेटवर्थ २ सय ९ रुपैयाँ २१ पैसा छ ।