लघुवित्त संस्थाको नाफा २७० करोड, १० ओटा नोक्सानमा

सञ्चालनमा रहेका ८२ मध्ये १० ओटा नोक्सान र बाँकी ७२ ओटा नाफामा रहेको नेपाल राष्ट्र बैङ्क लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले जानकारी दिए । सञ्चालनमा आएकामध्ये १० ओटा नोक्सानमा रहेको उनले बताए ।

काठमाडौं । चालू आर्थिक वर्ष सुरु भएयता लघुवित्त संस्थाहरुले २ अर्ब ७० करोड रुपैयाँ खुदनाफा गरेका छन् । सञ्चालनमा रहेका ८२ मध्ये १० ओटा नोक्सान र बाँकी ७२ ओटा नाफामा रहेको नेपाल राष्ट्र बैङ्क लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले जानकारी दिए । सञ्चालनमा आएकामध्ये १० ओटा नोक्सानमा रहेको उनले बताए ।

लघुवित्त संस्थाले गरेको नाफा धेरै भएको उनको दाबी छ । लघुवित्त संस्था भन्ने तर धेरै नाफा गरेर सेयर मूल्य बढाउने गरिएको श्रेष्ठले बताए । लघुवित्तले विपन्न क्षेत्रमा प्रवाह गर्ने कर्जाको ब्याज अधिक भएको भन्दै यसलाई घटाउनुपर्ने उनको भनाइ छ । लघुवित्त संस्थाले विपन्न क्षेत्रमा १५ प्रतिशतसम्म कर्जा लगानी गरेका छन् । पछिल्लो समयमा लघुवित्तलाई लगानी गर्न पुँजीको समस्या देखिएको छ ।