नेप्सेमा ६ अङ्कको सुधार, कारोबार रकम १८ करोड

बढ्ने सङ्केतका साथ सुरु भएको नेप्से ३ अङ्कको सुधार आएपछि ओरालो लाग्दै ४ अङ्कसम्म तल झरेको थियो । तर, झर्ने क्रममा युटर्न लिएको नेप्से नाटकीय ढङ्गले बढेर ३ अङ्कको सुधार भएको छ ।

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मङ्गलबार तीव्र उतराचढावबीच ६ दशमलव ६१ अङ्कले बढेको छ । आज १ हजार १ सय ७४ दशमलव ५४ अङ्कबाट सुरु भएको परिसूचक ६ दशमलव ६१ अङ्कले सुधार भएर १ हजार १ सय ८० दशमलव ९८ अङ्क कायम भएको छ । कारोबार भने सोमबारको तुलनामा सुधार भएको छ ।

बढ्ने सङ्केतका साथ सुरु भएको नेप्से ३ अङ्कको सुधार आएपछि ओरालो लाग्दै ४ अङ्कसम्म तल झरेको थियो । तर, झर्ने क्रममा युटर्न लिएको नेप्से नाटकीय ढङ्गले बढेर ३ अङ्कको सुधार भएको छ ।

आज नेप्सेमा १ सय ६० कम्पनीका ३ हजार २ सय ७८ कारोबारबाट ७ लाख ३२ हजार ७ सय २५ कित्ता सेयर किनबेच भई १८ करोड ९५ लाख ८६ हजार ७ सय ३५ रुपैयाँबराबरको कारोबार भएको छ, जुन सोमबारको कारोबार रकमभन्दा २ करोडले बढी हो ।

१० दशमलव ४३ अङ्कले बढेको दिन सोमबार नेप्सेमा १ सय ५७ कम्पनीका ३ हजार १ कारोबारबाट ५ लाख ३३ हजार ४ सय ९२ कित्ता सेयर खरिदबिक्री भई १६ करोड ९६ लाख ६१ ह्जार ४ सय ३१ रुपैयाँको कारोबार भएको छ ।

बजार बढेको दिन आज नेप्सेमा वर्गीकृत सबै समूहको कारोबार भई २ समूहबाहेक सबे समूहमा सुधार आउँदै समग्र नेप्से बढेको हो । आज नेप्सेमा होटल १ दशमलव ४१ र अन्य ३ दशमलव ३९ अङ्कले घटेको छ । यस्तै, आज सबैभन्दा बढी निर्जीवन बिमा ५० दशमलव १, जीवन बिमा १३ दशमलव १, विकास बैङ्क १४ दशमलव ८८, लघुवित्त १५ दशमलव ६, वित्त १० दशमलव ३९, बैङ्किङ ६ दशमलव ८७, जलविद्युत ६ दशमलव ३४, उत्पादनमूलक ६ दशमलव ६१ अङ्कले बढेको छ ।

नेप्सेमा मङ्गलबार आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने मल्टीपर्पोज फाइनान्सको सेयर मूल्य ५ दशमलव ३५ प्रतिशतले घटेको छ ।