सरकारले विदेशी पर्यटकलाई पदयात्राका क्रममा बिरामीको अवस्थामा उद्धार गर्ने तथा फेक रेस्क्यू गरेर चर्काे रकम असुली ठगी गर्ने ट्राभल÷ट्रेकिङ एजेन्सी, अस्पताल, उद्धार संस्था तथा हेलिकप्टर कम्पनीलाई छानबिन गर्दै अनुसन्धान गरेको थियो । छानबिन समितिले साउन १४ गते आफ्नो प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीलाई बुझाएको थियो ।
नेपाल आउने विदेशी पर्यटकलाई पदयात्राका क्रममा उद्धार गर्दा चर्काे असुली गरेको विषयमा छानबिन समितिले १५ संस्थालाई दोषी ठहर्याउँदै कारबाहीका लागि विभिन्न निकायमा सिफारिस गरेको छ ।
सरकारले विदेशी पर्यटकलाई पदयात्राका क्रममा बिरामीको अवस्थामा उद्धार गर्ने तथा फेक रेस्क्यू गरेर चर्काे रकम असुली ठगी गर्ने ट्राभल÷ट्रेकिङ एजेन्सी, अस्पताल, उद्धार संस्था तथा हेलिकप्टर कम्पनीलाई छानबिन गर्दै अनुसन्धान गरेको थियो । छानबिन समितिले साउन १४ गते आफ्नो प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीलाई बुझाएको थियो ।
प्रतिवेदनमा १५ संस्थालाई कारवाहीका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयलगायत ५ निकायमा कारवाहीका लागि पर्यटनमन्त्रालयले पत्राचार गरेको हो । गृहमन्त्रालयमार्फत क्यापिटल नेपाललाई प्राप्त प्रतिवेदनमा ३ हेलिकप्टर कम्पनी, ८ ट्राभल तथा उद्धार संस्था र ४ अस्पताल रहेका छन् ।
हेलिकप्टर कम्पनीमा मनाङ एयर, एयर डाइनेस्टी र हेली एभरेष्ट छन् । त्यस्तै ट्राभल तथा उद्धार संस्थामा हिमालय सोसल जर्नी, माउन्टेन रेस्क्यू, कैलाश चार्टर्ड, इजी हेली, इगल हेली, फ्लाइट कनेक्सन, अल्पाइन रेस्क्यू र माउन्टेन हेली परेका छन् । त्यस्तै अस्पतालमा बयोधा, स्वागन, न्यू इरा र सिविक छन् ।
छानविन समितिले बुझाएको प्रतिवेदनमा एउटै अस्पतालले उद्धारपछि उपचारको बिमा रकम ६० लाखसम्म दाबी गरेको उल्लेख छ । त्यस्तै उद्धार संस्थाले पर्यटकसँग उद्धारको नाममा ६५ लाख बिमा दाबी गरेको भेटिएको छ ।
पदयात्रामा जाने पर्यटकलाई बिरामी बनाएर वा बिरामी अवस्थामा उद्धार गरेर हेलिकप्टर, ट्राभल कम्पनी र अस्पतालको मिलेमतोमा बिमा रकम दाबी गर्दै ठगी गर्दै आइरहेका थिए । प्रतिवेदनमा पर्यटकलाई दूषित खाना दिएर बिरामी बनाउने, नक्कली उद्धार गर्ने, नक्कली उपचार गर्ने र पर्यटकलाई ठगी गर्ने संस्था रहेको उल्लेख गरिएको छ ।
छानविन समितिले ३ बर्ष ६ महिनादेखि ४ बर्ष ६ महिनासम्म उद्धार अवस्थाको अध्ययन गर्दा हेली एभरेस्टले २२ सय ३० उद्धार, मनाङ एयरले १९ सय १० उद्धार र एयर डायनेष्टिकले १३ सय ४५ उद्धार गरेको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ । हेलिकप्तटक कम्पनीले एउटा पर्यटकबाट ८ हजार अमेरिकी डलरदेखि ५० हजार यूरोसम्म बिमा दाबी गर्दै रकम असुलेलको उल्लेख छ । त्यस्तै स्वागन अस्पतालले २ हजार २३ पर्यटकको उपचारबाट ३१ करोड ९८ लाख, इराले ११ सय ३० बिरामीबाट ११ करोड ३२ लाख, सिविकले १७ सय ६३ बिरामीबाट १४ करोड २३ लाख र बयोधाले ६ सय ९७ बिरामीबाट १५ करोड ८० लाख बिमा रकम लिएको छानविन प्रतिवेदनमा उल्लेख छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले कारबाहीको पत्राचार प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, राष्ट्र बैङ्क, राजस्व अनुसन्धान विभाग, स्वास्थ्य मन्त्रालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा गरेको छ ।
मन्त्रालयले बिरामी बनाएर तथा ‘फेक’ उद्धारका नाममा विदेशी पर्यटकसँग चर्काे रकम लिई ठगी गर्ने हेलिकप्टर कम्पनी, ट्राभल एजेन्सी, अस्पताललाई कारबाही गर्न अनुसन्धान तथा छानबिन समिति बनाएको थियो ।
छानबिन गर्न मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ६ सदस्यीय समिति गठन भएको थियो ।
गृहमन्त्रालयका एक उपसचिवले फेक रेस्क्यूका दोषीलाई कारबाही गर्न पत्र प्राप्त भैसकेको जानकारी दिँदै एक हप्ताभित्र नयाँ नतिजा आउने जानकारी दिए ।