सिमिकोटबाट हिल्सा पुगेको हेलिकप्टरबाट ओर्लेर पछाडीको भागबाट फोटो खिच्न जाने क्रममा भारतीय नागरिक मेहताको ज्यान गएको बताइएको छ ।
मनाङ एयरको हेलिकप्टरको टेलरोटरले लागेर एक भारतीय नागरिकको ज्यान गएको छ । ज्यान जानेमा नगेन्द्रकुमार काप्रिट मेहता रहेको मनाङ एयरका कर्पाेरेट चिफ राजु न्यौपानेले जानकारी दिए ।
सिमिकोटबाट हिल्सा पुगेको हेलिकप्टरमा तेल भर्ने क्रममा हेलिकप्टरबाट ओर्लेर पछाडीको भागबाट फोटो खिच्न जाने क्रममा भारतीय नागरिक मेहताको ज्यान गएको बताइएको छ ।
छ जना यात्रु बोकेको उक्त हेलिकप्टरको टेलरोटर (पुच्छरको भाग) हिल्साको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य क्षति भएको मनाङ एयरले जनाएको छ ।