खासगरी नेप्सेमा सूचीकृत कम्पनीहरुको लाभांश आउने क्रम भइरहेका बेला नेप्से उकालो लागेको हो । यद्यपि अहिलेसम्म तीन लघुवित्त संस्था र एउटा वित्त कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् ।
निरन्तर घटिरहेको बजारमा साउन महिना सकिनै लाग्दा सेयर बजारमा एकाएक चमक आएको छ । साउनको अन्तिम साताको पहिलो दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) करीब १६ अङ्कले घटेको बाहेक अन्य दिनमा निरन्तर उकालो चढिरहेको छ । मङ्गलबार करिब १० अङ्क र बुधबार ६ अङ्कले बजार माथि लागेको थियो ।
खासगरी नेप्सेमा सूचीकृत कम्पनीहरुको लाभांश आउने क्रम भइरहेका बेला नेप्से उकालो लागेको हो । यद्यपि अहिलेसम्म तीन लघुवित्त संस्था र एउटा वित्त कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् । बुधबारै २५ प्रतिशत नगद लाभांश घोषणा गरेको वोमीको भने करिब १० प्रतिशतले नै बजार ओरालो लागेको छ । अहिले सेयर किन्दा छिट्टै लाभांश पाइने भएकाले लगानीकर्ता सेयर किन्न उत्साहित देखिएका हुन् । नजिकिँदो दशैँसम्ममा धेरै कम्पनीहरुले लाभांश घोषणा गर्ने भएकाले पनि यो बेला बजार बढ्ने समय हो ।
केहीदिन अघि नेपाल राष्ट्र बैङ्कका गभर्नर चिरञ्जीवी नेपालले सेयर बजार धेरै नघट्ने बताएपछि नेप्से सूचक उकालो लाग्न थालेको हो । नेपाल पुँजी बजार सङ्घका अध्यक्ष नवराज सुवेदीले बजारमा माग अनुसारको सेयर उपलब्ध नहुँदा र छिट्टै ब्याजदर घट्ने सम्भावना रहेकाले पनि बजार उकालो लागेको बताए ।
१ हजार हजार १ सय ८० दशमलव ९८ अङ्कबाट सुरु भएको बजार २८ दशमलव ७३ अङ्कले बढेर १ हजार २ सय ९ दशमलव ७१ अङ्क कायम भएको छ । गत आइतबार नेप्से सूचक एक हजार एक सय ६३ अङ्कसम्म झरेको थियो ।
बजार बढेको दिन आज १ सय ६५ कम्पनीका ५ हजार ८ सय ३३ कारोबारबाट १० लाख ६८ हजार ५ सय ५७ कित्ता सेयर किनबेच भई ३६ करोड १ लाख ६३ हजार ४ सय ५८ रुपैयाँ बराबरको कारोबार भएको छ । जुन मङ्गलबारको कारोबार रकमभन्दा झन्डै दोब्बर रुपैयाँले बढी हो ।
मङ्गलबार नेप्सेमा १ सय ६० कम्पनीका ३ हजार २ सय ७८ कारोबारबाट ७ लाख ३२ हजार ७ सय २५ कित्ता सेयर किनबेच भई १८ करोड ९५ लाख ८६ हजार ७ सय ३५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेप्सेमा कारोबार भएका सबै समूहमा हरियाली छाउँदा नेप्सेमा ठूलो प्रभाव परेको हो । व्यापार समूहको कारोबार नभए पनि कारोबार भएका समूहमा आज सुधार आएको छ । सबैभन्दा बढी निर्जीवन बिमा २ सय ५ दशमलव ६४ र जीवन बिमा १ सय २९ दशमलव ८२ अङ्कले बढेको छ । यस्तै बैङ्किङ २४ दशमलव ८६ अङ्कले बढ्नुका साथै सबै समूहको सूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।
बजार बढेको दिन स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर ९ दशमलव ६६ प्रतिशतले बढेको छ वोमी माइक्रोफाइनान्सको सेयर १० प्रतिशतले घटेको छ । यस्तै नेप्सेमा आरम्भ माइक्रोफाइनान्सको सेयर ८ सय ३८ पटक कारोबार भएको छ र प्राइम कर्मसियल बैङ्कको संस्थापक सेयर ८० हजार पटक किनबेच भएको छ ।