बुद्ध एयरकाे पोखरा–काठमाडाैं उडान सुरू

हवाई जहाजहरुको अग्रणी कम्पनीको रुपमा रहेको बुद्ध एयरले पोखरामै जहाज राखेर सेवा दिने भएको छ । पर्यटकीय नगरी पोखरामा दैनिक १ वटा जहाज राखेर काठमाडाैं उडान सुरु गर्न लागको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।

काठमाडौमा जहाज पार्किङ, ट्राफिक व्यवस्थापन जस्ता समस्या भएकाले प्रत्येक एयरको १ वटा जहाज काठमाडौं बाहिर राख्नु पर्ने नियम बनेकोले आउँदो आइतबारबाट पोखरा काठमाण्डौ उडान हुने बजार निर्देशक जोशीको भनाइ छ । उनले अव पोखराबाट बिहान ७ वजे नै उडान हुने जानकारी दिए । यस अघि पोखराबाट ८ वजे नियमित उडान हुने गरेको थियो ।

पर्यटकीय सिजन सुरु हुनै लाग्न बुद्ध एयरले पोखरबाटै उडान सुरु गर्न लागेको हो । आउँदो सेप्टेम्बर बाट पर्यटकको घुइचो लाग्ने गर्दछ । सिजनमा बुद्धले दैनिक ११ देखि १२ वटा जहाजले उडान भर्ने गरेको श्रेष्ठले जानकारी दिए ।