अाहा ! त्याे सगरमाथा

सगरमाथाको आँगन नाम्चे बजारको विविधता त्यहाँ पुग्नेले मात्र थाहा पाउन सक्छन् । संसारभरबाट नेपाल घुम्न आउने पर्यटकको पहिलो रोजाइमा सगरमाथा बेसक्याम्प पर्छ । नपरोस् पनि किन, सगरमाथा बेसक्याम्पमा पुग्दा सबैभन्दा अग्लो स्थानमा पुगेको अनुभूति हुन सक्छ ।

नाम्चेमा रहेको विमानस्थलबाट केही घन्टाको ट्रेक बेसक्याम्प पुगेर टेन्टमा एक रात बिताउनु जीवनकै अविस्मरणीय पल हुन सक्छ । ५ हजार ३ सय ६४ मिटर उचाइमा रहेको बेसक्याम्प पुग्ने बाटोको सौन्दर्यले पनि सबैलाई लोभ्याउँछ । नाम्चेका ससाना गल्लीमा घुम्नु पनि त्यत्तिकै आनन्ददायी हुन्छ ।

नेपालीले नाम्चेलाई आफ्नो घुमफिरको गन्तव्य बनाउनु किन पनि आवश्यक छ भने यो संसारले नै चासो दिइरहेको ठाउँ हो । सगरमाथा बेसक्याम्प र नाम्चे बजारवरपर पुगेर फोटोग्राफर अभिज्ञ थापाले खिचेका केही तस्बिर