मार्केटिङ क्षेत्रमा विश्वभर आइरहेका नयाँ प्रविधिसँग अभ्यस्त गराउन सेल्स समिट

कहिले हाइड्रो, कहिले उद्योग, कहिले इन्स्योरेन्स, कहिले बैङ्किङ, कहिले शिक्षा आदि क्षेत्रका क्षेत्रगत विषयबारे गहन रुपमा छलफल एवम् तालिम दिने गरी कार्यक्रम आयोजना गर्नेछौं ।

गोथ्र सेलरले हरेक वर्ष एचआर मिट, म्यानेजमेन्ट कन्क्लेभ र सेल्स समिट आयोजना गर्दै आएको छ । अहिलेसम्म ११ पटक एचआर मिट सम्पन्न भइसकेको छ । गतवर्ष मात्रै म्यानेजमेन्ट कन्क्लेभ र दुईपटक सेल्स समिट आयोजना भइसकेको छ । यस्तो खालको कन्फ्रेन्सले कर्पोरेट क्षेत्रमा कस्तो सहयोग पुग्छ ? कम्पनीमा भएका कर्मचारीको क्षमता विस्तारमा कसरी मद्दत गर्छ भन्ने विषयमा गोथ्र सेलका प्रबन्ध निर्देशक मोहन ओझासँग क्यापिटल म्यागजिनले गरेको कुराकानी :

यस अघि दुई पटक सेल्स समिट भइसकेको छ । भदौ १ गतेबाट तेस्रो सेल्स समिट हुँदै छ । यो कत्तिको प्रभावकारी रह्यो भनेर कसरी जाँच गर्नुहुन्छ ?

हामीले पहिले स्वविवेक प्रयोग गरेर दुईओटा सेल्स समिट ग¥यौं । त्यसमा हामीले सहभागीहरुबाट प्रतिक्रिया लिन एउटा पेपर बाँडेका थियौं । त्यसमा सहभागीले दिएका सुझावलाई अध्ययन एवम् मनन गरेर अरु कन्फ्रेन्स गर्दै आएका छौं । सोहीअनुसार तेस्रो कन्फ्रेन्स पनि हुँदै छ । यो क्रम अहिले पनि निरन्तर जारी रहन्छ ।

दोस्रो वर्षको कन्फ्रेन्समा सहभागीहरुका सुझावलाई आधार बनाएर त्यहीअनुसार कार्यक्रम तयार गरेका थियौ । केही समयअघि यो तेस्रो कन्फ्रेन्सको तयारीका सन्दर्भमा इन्द्रेणी फुडल्यान्डमा १२ जना बहुराष्ट्रिय कम्पनीका कन्ट्री हेडहरुसँग लन्चको कार्यक्रम राखिएको थियो । मैले त्यतिखेर उहाँसँग भनें— मैले आफ्नो स्वविवेक प्रयोग गरेर यसअघि दुईओटा कन्फ्रेन्स गरें । अब तपाईंहरुले पनि यसमा केही सल्लाहसुझाव दिनुहोस् । किनकि यसमा तपाईंहरुकै कम्पनीका तपाईंहरुकै जुनियर कर्मचारी सहभागी हुने हुन् । यसमा उहाँहरु सुझाव आएका छन्,

सेल्स समिटले सेल्सको जिम्मेवारी लिएर बसेका र जुनियर कर्मचारीलाई कसरी फाइदा पुग्छ ?

सेल्स समिटले सहभागीहरुलाई पक्कै फाइदा गर्छ । एउटा त यहाँ सहभागी हुनेहरुको आन्तरिक क्षमता अभिवृद्धि हुन्छ । नेतृत्व क्षमता पनि विकास गर्न सघाउँछ । आआफ्नो कार्यक्षेत्रमा उपयोग हुने टर्मिनोलोजी एवम् टेक्नोलोजीबारे पनि उनीहरुले बुझ्छन् । विश्वमै केकस्ता अभ्यास एवम् प्रयोग भइरहेका छन् भन्ने विषयमा समेत प्रशस्त जानकारी हासिल हुन्छ । साथै आफूले जानेबुझेका विषयलाई आफ्नो कम्पनीमा गएर उनीहरुले लागू गर्न सक्छन् । फलस्वरुप कम्पनी विकासतर्फ अघि बढ्छ । आफ्नो कम्पनीलाई त्यहीअनुसार नेतृत्व गर्न थालेपछि स्वतः उत्पादन बढ्छ ।

तपाईंहरुले अधिकतम दुई सय जनालाई मात्रै कन्फ्रेन्स सहभागी गराउनुहुन्छ । के नेपालमा २ सय ७० भन्दा बढी कम्पनी वा सेल्सम्यान छैनन् ?

हाम्रो एकदिवसीय कन्फ्रेन्स हो । यसमा हामीले वन टु वन रुपमा प्रशिक्षण दिने र सहभागीहरुबीच वार्ता गराउन सक्छौं । त्यसैले यसमा सहभागी धेरै हुँदैनन् । ठिक्क आवश्यक मात्र हुन्छन् । यसले तालिमको प्रभावकारिता पनि बढ्छ । र सुनेको कुरालाई अझ राम्रोसँग बुझ्न सक्ने क्षमता राख्छ । हामीले व्यवसायी एवम् लगानीकर्तालाई पनि यसमा सचेत गराउने कुरा गर्छाैं । किनभने रोजगारदातालाई पनि सचेतनामूलक कार्यक्रम गराएर मात्रै कुनै पनि कम्पनीका कर्मचारीले फेसिलिटी पाउने हुन् । त्यसैले कम्पनीको मेरूदण्डका रुपमा रहेका कर्मचारीलाई खुसी राख्नेदेखि सेल्स, मार्केटिङ आदि विषयमा हामीले कन्फ्रेन्समा जानकारी दिने गर्छाैं ।

सेल्स समिटले कम्पनीलाई कसरी फाइदा हुन्छ ?

कर्मचारीले कम्पनीको भिजनअनुसार काम गरे मात्र कम्पनी नाफामा जान्छ । त्यसअनुसार हामीले कम्पनी सञ्चालकहरुलाई पनि सचेत गराएका हौं । कम्पनी नाफामा गयो भने त्यसको निश्चित प्रतिशत कर्मचारीलाई पनि प्रदान गर्नुपर्छ भन्नेमा हामीले जोड दिने गरेका छौं । हामीले पहिलोपटक आयोजना गरेको सेल्स समिटमा २ सय ५० जना सहभागी थिए । त्यसपछि दोस्रो कन्फ्रेन्समा २ सय ७० जति सहभागी थिए । अहिलेको कन्फ्रेन्समा पनि २ सय ७० भन्दा धेरै सहभागी हुनेछन् ।

हामीले विशेषगरी मिड लेभल म्यानेजरलाई फोकस गरेका छौं । जसले कम्पनी सञ्चालकहरुलाई रिपोर्टिङ पनि गर्छ र तलका कर्मचारीको नेतृत्व पनि गर्छ, ती म्यानेजरहरु हाम्रा लक्षित वर्ग हुन् । त्यसैले विशेषगरी कम्पनीहरुले सिफारिस गरेका कर्मचारी÷म्यानेजर त आइ नै हाल्छन्, सँगै कम्पनीले नोमिनेसन नगरेको अवस्थामा पनि बिदा मिलाएर आफ्नै किसिमले पैसा तिरेर पनि कर्मचारी आउने गरेका छन् । तर धेरैजसो सहभागी कम्पनीहरुले सिफारिस गरेर नै पठाएका हुन्छन् ।

कुनकुन क्षेत्रका व्यक्तिहरु सहभागी हुन्छन् ?

कन्फ्रेन्समा सहभागी हुने कम्पनीमा बैङ्किङ, इन्स्योरेन्स, कर्पाेरेट, टेडिङ बिजनेस, अटो, शिक्षण संस्था आदिका प्रतिनिधि छन् । सबैका लागि यो कन्फ्रेन्स उपयोगी हुनेछ । यसमध्ये ५ प्रतिशत व्यक्ति आफ्नो पीआर मेन्टेन गर्न आएको पनि पाएका छौं । हामीले सबै क्षेत्रका व्यक्तिलाई सहभागी गराउने भन्ने विषयमा योजना बनाएका छौं । अहिलेसम्मको अवस्थामा सबै उद्योग व्यवसायका व्यक्ति सहभागी भएका छन् । यो तेस्रो कन्फ्रेन्स सकिएपछि क्षेत्रगत अर्थात् एउटा क्षेत्रलाई मात्र लक्ष्य गरी सेमिनार एवम् गोष्ठी अथवा तालिम आयोजना गर्ने योजना बनाएका छौं । त्यो अझ बढी प्रभावकारी हुने हाम्रो अपेक्षा छ । किनभने हामीले अहिलेसम्म आयोजना गर्दै आएको सेल्स समिटमा सेल्सका सामान्य आधारभूत विषयबारे जानकारी दिँदै आएका छौं । यसमा कुनै विषयको सूक्ष्म तहमा हामी जाँदैनौं । किनभने यहाँ छलफल हुने विषय सबै उद्योग व्यवसायका लागि उपयोगी हुने किसिमका हुन्छन् ।

तपाईंहरुले क्षेत्रगत रुपमा पनि कर्मचारीलाई तालिम उपलब्ध गराउने योजना बनाउनुभएको थियो । त्यो कहाँ पुग्यो ?

निकट भविष्यमै हामी कहिले हाइड्रो, कहिले उद्योग, कहिले इन्स्योरेन्स, कहिले बैङ्किङ, कहिले शिक्षा आदि क्षेत्रका क्षेत्रगत विषयबारे गहन रुपमा छलफल एवम् तालिम दिने गरी कार्यक्रम आयोजना गर्नेछौं ।

हामीले एचआर मिटका कार्यक्रम पनि ११ ओटा कन्फ्रेन्स आयोजना भइसकेको छ । म्यानेजमेन्ट कन्क्लेभ पनि गत डिसेम्बरमा आयोजना भइसक्यो । आउँदो डिसेम्बरमा त्यसको अर्काे कार्यक्रम आयोजना हुँदै छ । हामीले अहिलेसम्म गरिरहेका कन्फ्रेन्सलाई नै निरन्तरता दिन सक्यौं भने त्यो ठूलो हुनेछ । अझ तिनले कार्य रुपमा प्रतिफल दिन सके भने त्यसमा हामी अझ गौरवान्वित हुनेछौं ।