आईसीएफसी फाइनान्सले आफ्ना सेयधनीहरुलाई ८ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुक्ता पुँजीको आठ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
फाइनान्सको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कको स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाबाट पारित गरेपछि मात्र लागू हुनेछ । हाल आईसीएफसीको चुक्ता पुँजी ८८ करोड २१ लाख ७२ हजार ४ सय रुपैयाँ छ ।