स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई २१ दशमलव ०५६२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्नपनीले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र १ दशमलव ०५६२ प्रतिशत नगद लाभांश (कर प्रायोजनका लागि) दिने भएको हो ।
कम्पनीको सञ्चालक समितिले गरेको प्रस्तावलाई नेपाल राष्ट्र बैङ्क र वित्तीय संस्थाको आगामी साधारणसभाबाट पारित भएपछि मात्र लागू हुनेछ ।