एसियन लाइफको हकप्रद निष्कासन एनआईबीएल एस क्यापिटलले गर्ने

एसियन लाइफ इन्स्योरेन्सले जारी गर्ने हकप्रद सेयरको बिक्री प्रबन्धकको जिम्मा एनआईबीएल एस क्यापिटलले पाएको छ । लाइफले १० बराबर ६ सेयर अनुपातमा ७५ करोड ४० लाख रुपैयाँबराबरको हकप्रद सेयर निष्कासनको जिम्मा एनआईबीएललाई दिएको हो ।

सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ तथा एनआईबीएल एस क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरे । कम्पनीले प्रतिसेयर १ सय रुपैयाँका दरले ७५ लाख ४० हजार कित्ता हकप्रद निष्कासन गर्न लागेको छ । हकप्रदपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ पुग्नेछ ।