प्रवलीकरण तथा पूर्ण जीर्णोद्धार सम्पन्न सम्पदाको छोटो औपचारिक कार्यक्रममा बोल्नुहुदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले राष्ट्रपति ज्युको सम्पदा निर्माण प्रतिको चासोले मन्त्रालयको उत्साह बढेको बताए ।
भुकम्पले क्षतिग्रस्त स्वयम्भुमा रहेको सम्पदाको पुनर्निमाण कार्य सकिएको छ । २०७२ सालको भुकम्पले क्षति भएको स्वम्भुको अनन्तपुर प्रतापपुर, शान्तिपुर वायुपुर वासुपुर लगाएतको सम्पदा क्षतिग्रस्त भएको थियो ।
क्षतिग्रस्त सम्पदाको जीर्णोद्धार सकिएसँगै सनिवार राष्ट्रपति विद्यादेवी भण्डारीले स्थलगत निरिक्षण गरेका छन् । उनले १७ वटा सम्पदाको निरिक्षण गर्नुको साथै पुजाआज समेत गरेकी थिइन् ।
प्रवलीकरण तथा पूर्ण जीर्णोद्धार सम्पन्न सम्पदाको छोटो औपचारिक कार्यक्रममा बोल्नुहुदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले राष्ट्रपति ज्युको सम्पदा निर्माण प्रतिको चासोले मन्त्रालयको उत्साह बढेको बताए । मन्त्रि अधिकारीले केहि समय पछी पाटन कृष्ण मन्दिरको जीर्णोद्धार सम्पन्न गर्न लागेको बताउदै पशुपतिक्षेत्रका सम्पदा भने निर्माण सम्पन्न भइसकेको जानकारी दिए ।उनले अवको २ बर्षमा सम्पदाहरु पहिलेकै जस्तो अवस्थामा पुर्याउने प्रतिवद्धता राष्ट्रपति भण्डारी सामु जनाए ।
अनन्तपुर प्रतापपुर करिव ३ करोड ११ लाख लागतमामा सम्पन्न भएका हुन भने अरु सम्पदामा नेपाल सरकार र विभिन्न देशको सहयोगमा पुनर्निर्माण भएको हो ।पुर्णरुपमा ध्वस्त भएका र केहि आंशिक क्षति भएका गरि १७ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको पुरातात्विक विभागका महानिर्देशक भेषनारायण दाहालले बताए ।