नेपालमा जापाजिन खानको माग बढ्दै गइरहको सनदर्भमा केजीएच ग्रपले होकाइदो विजनेश प्रालिसँग मिलेर केही नयाँ गरौं भन्ने अभिप्रायले यो व्यवसाय शुरु गरिएको केजीएच ग्रुपका अध्यक्ष शुनिल शाक्यले बताए ।
जापानको लोकप्रिय खाजा रामेन अव काठमाण्डौमा पाइने भएको छ । नेपालको केजीएच गु्रप र पाजानको होकाइदो विजनेश प्रालिबीचको सहकार्यमा पार्क भिलेज रिर्सोटमा पाइने भएको हो ।
नेपाली र जापानी व्यवसायीको संयुक्त लगानीमा नेपालमा जापानको लोकप्रिय खाजा ‘रामेन‘ को नेपाली आउट लेट शुरु गरिएको छ । केजीएच गु्रप संस्थापक पर्र्यटन व्यवसायी कर्ण शाक्यले नेपाली युवाले विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशमा ल्याउन सहयोग पुग्ने शाक्यले बताए । होकाइदो प्रालिमा नेपाली व्यवसायी समेत रहको छन् ।
नेपालमा जापाजिन खानको माग बढ्दै गइरहको सनदर्भमा केजीएच ग्रपले होकाइदो विजनेश प्रालिसँग मिलेर केही नयाँ गरौं भन्ने अभिप्रायले यो व्यवसाय शुरु गरिएको केजीएच ग्रुपका अध्यक्ष शुनिल शाक्यले बताए । उनले होइकाइदो विजनेश प्रालिले नेपालको केजीएच ग्रुपसँगको सहकार्यमा नेपालमा जापानीज खाजा (रामेन) लगायतका खाद्य सामग्री उत्पादन गर्नुका अन्य व्यवसाय समेत गर्दे जाने उनले बताए ।
यो व्यवसायमा नेपाली व्यवसायीहरुको ५१ प्रतिशत तथा जापानीज वयवसायीहरुको ४९ प्रतिशत गरी संयुक्त लगानीमा यो व्यवसाय सञ्चालन गरिने होकाइदो विजनेश पालिका अध्यक्ष अर्जुन अधिकारीले जानकारर िदिए । यस्तै होकाइदो क्लिन स्टार प्रा.ली.का माध्यमबाट जापानीज उच्च प्रविधिको माध्यमबाट लण्ड्रि सञ्चालन गर्ने तथा जानेइची बिजनेश प्रा.लिको माध्यमबाट नेपालमा जापानीज सामानको बिक्रि वितरण गर्ने योजनाका साथ काम भइरहेको अधिकारीले बताए ।
यी तीन वटै व्यवसायको लागि करिब रु. ६ करोडको प्रारम्भिक लगानी रहने र बजार सम्भाव्यताका आधारमा यसमा लगानी थप गर्दे जाने कम्पनीकोे योजना रहेको उनले बताए । प्रथम चरणमा जापानबाटै सेफ ल्याएर पार्क भिलेनज रिर्सोटमा रामेनको रेष्ट तथा विक्रिवितरण शुरु गरिएको थियो । रामेन नेपालीहरुले खाने थुप्पा जस्तै नुडलमा बनाइने एक प्रकारको खाजा हो ।