दुई सेयर दलाल कम्पनीलाई कारोबारमा रोक

नेपाल स्टक एक्सचेन्जले धितोपत्र बोर्डको निर्देशन अनुसार दुई सेयर दलाल कम्पनीलाई कारोबार गर्न रोक लगाएको छ । नेप्सेले सेयर दलाल नम्बर १७ को एबीसी सेक्युरिटिज र मार्केट सेक्युरिटिजलाई सेयर कारोबारमा रोक लगाएको हो ।

उक्त दुई दलाल कम्पनीले धितोपत्र बोर्डलाई तिनुपर्ने वार्षिक शूल्क नबुझाएकाले कारोबारबाट निलम्बन गरिएको नेप्सेले जानकारी दिएको छ । एबीसी र मार्केट सेक्युरिटिजले वार्षिक सेवा सूल्कको शून्य दशमलव ६ प्रतिशत रकम नियमन शूल्कबात धितोपत्र बोर्डलाई बुझाउन पर्ने रकम नबुझाएपछि २ कम्पनी निलम्बनमा परेका हुन् ।