सेयर बजार फेरी ओरालो, १४ अङ्कले गिरावट

कारोबार सुरु भएदेखि ओरालो लागेको नेप्से ६ अङ्क घटेको अवस्थामा केही स्थिर देखिएको थियो । त्यसपछि लगातार ओरालो लाग्दै १४ अङ्कले घटेको हो । आज नेप्सेमा १ सय ६० कम्पनीका ४ हजार १ सय ६० कारोबारबाट १५ लाख ६४ हजार ६ सय ९२ कित्ता सेयर किनबेच भई ३२ करोड ५२ लाख ३४ हजार ७ सय ११ रुपैयाँ बराबरको कारोबा भएको छ ।

अघिल्लो साता एकाएक सुध्रिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतबार पुन ओरालो यात्रा सुरु गरेको छ । १ हजार २ सय अङ्कबाट उकालो लागेको सेयर बजार साताको पहिलो दिन आइतबारदेखि फेरी ओरालो झरेको हो । आइतबार नेप्से १४ दशमलव ३ अङ्कले ओरालो लगेर १ हजार १ सय ९६ दशमलव २९ मा कायम भएको छ । आज नेप्से १ हजार २ सय १० दशमलव ११ अङ्कबाट सुरु भएको थियो ।

कारोबार सुरु भएदेखि ओरालो लागेको नेप्से ६ अङ्क घटेको अवस्थामा केही स्थिर देखिएको थियो । त्यसपछि लगातार ओरालो लाग्दै १४ अङ्कले घटेको हो । आज नेप्सेमा १ सय ६० कम्पनीका ४ हजार १ सय ६० कारोबारबाट १५ लाख ६४ हजार ६ सय ९२ कित्ता सेयर किनबेच भई ३२ करोड ५२ लाख ३४ हजार ७ सय ११ रुपैयाँ बराबरको कारोबा भएको छ ।

गत साताको बिहीवार १ सय ६६ कम्पनीका ६ हजार ४ सय ४१ कारोबारबाट १३ लाख १ हजार ६ सय २७ कित्ता सेयर कारोबारबाट १३ लाख ६१ हजार ६सय २७ कित्ता सेयर किनबेच भएको थियो ।
आज नेप्सेमा कारोबार भएका सबै १० समूहममा गिरावट आएको छ ।

तर आज व्यापार समूहको कारोबार भएन । कारोबार भएको सबै समूहमा गिरावट आएपछि त्यसको सम्रग प्रभाव नेप्सेमा परेको हो । आज सबैभन्दा बढी निर्जीवन बिमा १ सय ३ दशमलव २६ अंकले जिवन बिमा ६४ दशमलव ८६ अंकले ओरालो लागेको छ । साथै बिमा र अन्य समूहबाहेक सबै समूहमा दोहोरो अंकले गिरावट आएको छ ।