चर्को शुल्क लिएको भन्दै कान्तिपुर ओभरसिजमा श्रम विभागको छापा

सो म्यानपावरले पूर्व स्वीकृति समेत नलिइ कतार पठाउनका लागि युवाहरुलाई अन्तवार्ता लिइरहेको बेला विभागको टोलि पुगि कारोबार बन्द गरेको विभागका प्रवक्ता रिजालको भनाइ रहेको छ ।

कतार पठाउनको लागि चर्को शुल्क लिएको सुचनाको आधारमा वैदेशिक रोजगार विभागले कान्तिपुर ओभरसिज सर्भिस प्रालिमा छापा मारेको छ । सामाखुसीमा रहेको सर्भिस प्रालिले कतार पठाउन प्रति व्यक्ति १ लाख सम्म लिएको उजुरीको आधारमा छापामारेको विभागका प्रवक्ता उद्धब रिजालले जानकारी दिए ।

सो म्यानपावरले पूर्व स्वीकृति समेत नलिइ कतार पठाउनका लागि युवाहरुलाई अन्तवार्ता लिइरहेको बेला विभागको टोलि पुगि कारोबार बन्द गरेको विभागका प्रवक्ता रिजालको भनाइ रहेको छ । आइतबार साझ छापामारिएकोले विस्तृत जानकारी सोमबार मात्र आउने बताए ।

उनले धेरै म्यानपावरहरुले अहिले पनि चर्को शुल्कमा विदेश पठाउने गरेपनि उजुरी र सूचनाको आधारमा अनुगमण गर्ने गरेको जानकारी दिए । सरकारले कतार लगाएत खाडिमुलुकमा ६ वटा देशमा फ्रि भिषा फ्रि टिकट लागु गरेको छ ।