क्यानले भैरवामा गौत्तम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल,पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल र बारामा नीजगड अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई अगाडी बढाइरहेको छ । यस्तै काभ्रेको नागीडाँडामा आन्तरीक विमानस्थलको लागि प्रारम्भीम अध्ययन सम्पन्न गरिसकेको छ । यस्तै आन्तरिक विमानस्थलहरुको विस्तार तथा स्तरोन्नति, निर्माण गरि कार्वान्वयनमा ल्याउने तथा राष्ट्रिय गौरबको आयोजनालाई विशेष प्राथमिकतामा राखेर काम गर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को आर्थिक बर्ष २०७५÷७६ को बजेट ४५ अर्ब १७ करोड ५६ लाख ९५ हजार ५ सय ५३ रुपैंयाँ रहेको छ । आइतबार सार्वजनिक गरिएको बजेटमा राष्ट्रिय गौरबका ३ वटा आयोजनाहरुलाई लक्ष्ति गरी यस बर्ष बजेटको आकार बढाएको बताएको छ ।
क्यानले भैरवामा गौत्तम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल,पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल र बारामा नीजगड अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई अगाडी बढाइरहेको छ । यस्तै काभ्रेको नागीडाँडामा आन्तरीक विमानस्थलको लागि प्रारम्भीम अध्ययन सम्पन्न गरिसकेको छ । यस्तै आन्तरिक विमानस्थलहरुको विस्तार तथा स्तरोन्नति, निर्माण गरि कार्यनयनमा ल्याउने तथा राष्ट्रिय गौरबको आयोजनालाई विशेष प्राथमिकतामा राखेर काम गर्ने भएको छ ।
क्यानको बजेटमा २०७५÷७६ मा प्राधिकरणले १३ प्रतिशत आम्दानी, ऋण सेयर अनुदान मार्फत ४६ प्रतिशत, विमानस्थल विकास शुल्क ६ प्रतिशत, बैंक मौज्दात ३३ प्रतिशत, आसामी तथा अन्यमा २ प्रतिशत गरी आम्दानी गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै प्रस्तावित कुल पुँजीगत खर्चमा ७६ प्रतिशत, कुल चालु खर्च ९ प्रतिशत , सावाँ ब्याज भुक्तानी ३ प्रतिशत, लाभांस तथा बोनस ४ प्रतिशत, कोस तथा अन्य ब्यवस्थाको लागि ३ प्रतिशत र भ्याट ५ प्रतिशत प्रस्ताव गरिएको छ ।
२०७४÷७५ को आय ब्ययमा आम्दानी तर्फ आम्दानी ५ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ, विमानस्थल विकास शुल्क २ अर्ब ६४ करोड ५० लाख रुपैयाँ, ऋण सेयर अनुदान २० अर्ब ८५ करोड रुपैयाँ र नेपाल सरकारबाट प्राप्त हुनु पर्ने ६८ करोड ४० लाख रुपैयाँ तथा नेपाल वायु सेवा निगमको आसामी मार्फत ७ करोड २८ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै खर्च तर्फ पुँजीगत खर्च ३४ अर्ब २५ करोड ४ लाख रुपैयाँ, कार्य संचालन खर्च ३ अर्ब ८६ करोड ६५ लाख रुपैयाँ, सावाँ ब्याज भुक्तानी १ अर्ब २३ करोड ४२ लाख रुपैयाँ, लाभांस ८९ करोड ५५ लाख रुपैयाँ रहेको छ ।