नेप्से ८ अङ्कले घट्दा कारोबार २२ करोडमा सिमित

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको दोस्रो दिन सोमबार ८ दशमलव २२ अङ्कले घटेको छ । साउनको अन्तिम साता बजारमा चमक देखिए पनि यस साताको सुरुवाती दुई दिन बजार ओरालो लागेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चिन थालेको छ ।

आइतबार दोहोरो अंकले ओरालो लागेको नेप्से आज १ हजार १ सय ९६ दशमलव २९ अंकबाट सुरु भएको बजार ८ अंकले घटेर १ हजार १ सय ८८ दशमलव ७ अंक कायम भएको छ ।

बजार घटेको दिन आज नेप्सेमा १ सय ६० कम्पनीका ३ हजार ६ सय २८ कारोबारबाट ६ लाख ३ हजार १ सय २ कित्ता सेयर किनबेच भई २२ करोड ६१ लाख ७२ हजार ९३ रुपैयाँ बराबरको कारोबार भएको छ, जुन आइतबारको कारोबार रकमभन्दा १० करोडले कम हो ।
आइतबार नेप्सेमा १ सय ६० कम्पनीका ४ हजार १ सय ६० कारोबारबाट १५ लाख ६४ हजार ६ सय ९२ कित्ता सेयर खरिदबिक्री भई ३२ करोड ५२ लाख ३४ हजार ७ सय ११ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बजार घटेको दिन आज नेप्सेमा कारोबार भएका १० समूहमध्ये १ समूहमा मात्र सुधार आएको छ भने अन्य सबै समूहमा गिरावट आएको छ । आज उत्पादनमूलक ११ दशमलव १५ अंकले बढेको छ । यस्तै सबैभन्दा बढी गिरावट जीवन बिमामा ७५ दशमलव २, निर्जीवन बिमा ५९ दशमलव ७४ र जलविद्युत २३ दशमलव ६३ अंकले घटेको छ । यस्तै अरुसमूह पनि आज गिरावट आएको छ ।