त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा वाइफाइ फ्रि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा वाइफाइ फ्रि गरिएको छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले यात्रुहरुलाई सूचना आदान प्रदानमा थप सुबिधा दिने उद्देश्यका साथ फ्रि वाइफाइ विस्तार गरिएको जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले एक बर्ष भित्रमा नेपालका सम्पूर्ण एयरपोर्टहरुमा वाइफाइ फ्रि बनाउने घोषणा अनुसार आन्तरिक टर्मिनलमा थप वाइफाइ फ्रि बनाएको हो ।

भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्राउने उद्देश्यका साथ त्रिभुवन विमास्थललाई थप प्रभावकारी र व्यवस्थित बनाउदै लगिएको छ । सबै विमानस्थलहरु विस्तारै वाइफाइ फ्रि बनाउने प्रक्रिया अघि बढाइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।