नेप्सेमा विकास बैङ्क, वाणिज्य बैङ्क र लघुवित्तका सेयर सूचीकृत भएका हुन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधवार तीन कम्पनीका एक करोड ९७ लाख ६५ हजार एक सय ५९ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । नेप्सेमा विकास बैङ्क, वाणिज्य बैङ्क र लघुवित्तका सेयर सूचीकृत भएका हुन् ।
सबैभन्दा बढी हिमालय बैङ्कको एक करोड ६२ लाख २९ हजार ५९ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । यस्तै, कर्णाली विकास बैङ्कका ३३ लाख ९७ हजार पाँच सय कित्ता बोनस सेयर र मिर्मिरे लघुवित्त वित्तीय संस्थाका एक लाख ३८ हजार छ सय कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।