नेप्सेमा नौ कम्पनीका चार करोड कित्ता सेयर सूचीकृत

नेप्सेमा पाँच कम्पनीका बोनस सेयर, दुईका हकप्रद तथा एउटा कम्पनीको थप सार्वजनिक निष्कासन (एफपीओ) र एउटाको मर्जरपछिको सेयर गरी चार करोडभन्दा बढी कित्ता सेयर सूचीकृत भएका हुन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधवार नौ कम्पनीका करिब चार करोड कित्ता सेयर सूचीकृत भएका छन् । नेप्सेमा पाँच कम्पनीका बोनस सेयर, दुईका हकप्रद तथा एउटा कम्पनीको थप सार्वजनिक निष्कासन (एफपीओ) र एउटाको मर्जरपछिको सेयर गरी चार करोडभन्दा बढी कित्ता सेयर सूचीकृत भएका हुन् ।

नेप्सेमा वाणिज्य बैङ्क, विकास बैङ्क र लघुवित्तका सेयर गरी चार करोड ४१ लाख ७२ हजार आठ सय ८६ कित्ता सेयर सूचीकृत भएका छन् । नेप्सेका अनुसार सबैभन्दा बढी दुई करोड ६३ लाख ३५ हजार १ सय ११ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

हिमालयन बैङ्कका एक करोड ६२ लाख २९ हजार ५९ कित्ता, मिर्मिरे लघुवित्त वित्तीय संस्थाका एक लाख ३८ हजार छ सय कित्ता, सूर्योदय लघुवित्तका ७६ हजार कित्ता, हाम्रो विकास बैङ्कका तीन लाख ३४ हजार आठ सय ८८ कित्ता तथा सिद्धार्थ बैङ्कका ९५ लाख ५६ हजार पाँच सय ६४ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

यस्तै, कर्णाली विकास बैङ्कका ३३ लाख ९७ हजार पाँच सय कित्ता हकप्रद सेयर र भार्गव विकास बैङ्कका २१ लाख १२ हजार दुई सय कित्ता हकप्रद गरी ५५ लाख नौ हजार सात सय कित्ता हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

यसैगरी, नेप्सेमा एनएमबी बैङ्कका एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता एफपीओका साथै माउण्ट मकालु विकास बैङ्कसँग मर्ज भएपछि काबेली विकास बैङ्कका नौ लाख १२ हजार नौ सय १२ कित्ता सेयर सूचीकृत भएका छन् ।