खरिदकर्ताले मूल्य घटाउन खोजे पनि बिक्रेता टसको मस भएनन्

सबैभन्दा बढी मूल्य ९ सय २९ रुपैयाँ प्रतिकित्तामा ५ सय कित्ता बेच्न लगानीकर्ता इच्छुक देखिएका छन् भने ९ सय १५ रुपैयाँ प्रतिकित्ता सेयर मूल्यमा ७ सय १९ कित्ता सेयर खरिदका लागि माग रहेको मार्केट डेप्थमा हेर्न सकिन्छ । समयसँगै खरिद र बिक्रीको चाप भने फरक पर्न सक्नेछ । लगत्तैको कारोबारमा खरिदकर्ताले न्यूनतम मूल्य बढाएर ९ सय १६ रुपैयाँ पुर्याएका छन् भने बिक्रेताले ९ सय ३३ सम्म पुर्याएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई परिपत्र गरेको छ । कम्पनीले ४३ करोड ९६ लाख ९२ हजार ८ सय रुपैयाँबराबरको ४३ लाख ९६ हजार नौ सय २८ कित्ता संस्थापक सेयर सार्वसाधारणमा परिणत गर्न नेप्सेलाई पत्र पठाएको हो । हाल नेपाल लाइफको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको १० थप प्रतिशत सेयर सर्वसाधारणमा लगे पनि लगानीकर्ता भने उसको सेयर किन्न तँछाडमछाड गरिरहेका छन् । नेप्सेको मार्केट डेब्थ हेर्दा खरिदकर्ताहरु मूल्य घटाएर सेयर किन्न कुरिरहेका छन् । तर, बिक्रेता भने मूल्य बढाएर बेच्न चाहिरहेका छन् । बजार नियम नै बेच्नेले बढी मूल्य खोज्ने र किन्नेले कम मूल्यमा किन्न चाहने भए पनि नेपाल लाइफको सेयर हिस्सा बढ्दासमेत बिक्रेताहरु टसको मस भएका छैनन् ।

कम्पनीको ५ हजार ६ सय १६ कित्ता सेयर माग भए पनि १ हजार ५ सय ६ कित्ता सेयर मात्र बिक्रीमा रहेको छ । एकातिर खरिदकर्ता मूल्य घटाएर धेरै सेयर किन्न चाहन्छन् भने बिक्रेता मूल्य बढाएर थोरै सेयर बेच्न चाहेका छन् । खरिदकर्ताले प्रतिकित्ता ९ सय १३ रुपैयाँदेखि ९ सय १९ रुपैयाँसम्म नेपाल लाइफको सेयरमा पैसा हाल्न चाहिरहेका छन् भने बिक्रेताले भने कम्तीमा ९ सय २० रुपैयाँदेखि ९ सय २९ रुपैयाँसम्मको भाउ खोजेका छन् ।