सौर्य एयरलाईन्सको सेवा पुनः सुरु

सौर्य एयरलाईन्सले नयाँ व्यवस्थापन सहित बुधवारबाट सेवा पुनः सुरु गरेको छ । आर्थिक अभावको कारणले करिब एक महिना देखी आफ्नो सेवा स्थगन गरेको सौर्य एयरलाईन्सले सञ्चालन गरेको जनाएको छ ।

एयरलाईन्सका बजार व्यवस्थापन मुकेश खनालले क्यानाडामा निर्मितबमबारडियर सीआरजे २०० जेट जहाजबाट बिराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज र धनगडि नियमित उडान सुरु गरिएको जानकारी दिए ।

यस्तै दशैँ अघिनै ७० सिट क्षमता भएको सीआरजे ७०० जहाज भित्राउने तयारी गरिरहेको बजार व्यवस्थापन खनालको भनाइ छ ।