नाडेपको पहिलो कारोबार ५९७ बाट हुन सक्ने

१६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको छ ।

नाडेप लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार एक सय ९९ रुपैयाँदेखि पाँच सय ९७ रुपैयाँसम्म हुन सक्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दिएको जानकारी अनुसार नाडेपले त्यसमध्येको मूल्यबाट कारोबार सुरु गर्न सक्नेछ ।

१६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको छ ।

संस्थाले गत वर्ष दुई अर्ब ९३ करोड रुपैयाँ ऋण लगानी गरेको छ भने पुँजी कोष अनुपात १० दशमलव २७ प्रतिशत छ । यस्तै तीन दशमलव ३१ प्रतिशत खराब कर्जा रहेको कम्पनीको जगेडा कोषमा १५ करोड ८३ लाख रुपैयाँ जम्मा भएको छ ।