अब विमान दुर्घटनामा ज्यान गुमाएका तथा अङ्गभङ्ग भएका पीडितका परिवारले करिब एक करोड ७६ लाखभन्दा बढी रुपैयाँ क्षतिपूर्ति पाउनेछन् । हालसम्म मृतक यात्रुका परिवारले २० हजार अमेरिकी डलर पाउँदै आएका थिए ।
अन्तर्राष्ट्रिय हवाई परिवहनसम्बन्धी महासन्धि अनुमोदन भएसँगै बिमा रकम बढ्ने भएको छ । अब विमान दुर्घटनामा ज्यान गुमाएका तथा अङ्गभङ्ग भएका पीडितका परिवारले करिब एक करोड ७६ लाखभन्दा बढी रुपैयाँ क्षतिपूर्ति पाउनेछन् । हालसम्म मृतक यात्रुका परिवारले २० हजार अमेरिकी डलर पाउँदै आएका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले संसदबाट अनुमोदित सन्धि अब अन्तर्राष्ट्रिय नागरिक उड्ययन सङ्गठन ( आईकाओ) मा रजिष्ट्रेसन गर्ने बताए । रजिष्ट्रेसन गरेको ६० दिनपछि यो सन्धि नेपालको अन्तर्राष्ट्रिय उडानमा लागू हुने सहसचिव आचार्यको भनाइ छ ।
नेपाल सदस्य रहेको वार्सा सन्धिमा बिमा रकम बढ्ने उल्लेख थिएन । हवाई दुर्घटनामा पीडितले पाउने रकम अति नै न्यून भएको भन्दै आईकाओले मन्ट्रियल सन्धि ल्याउन प्रमुख भूमिका खेलेको थियो । मन्ट्रियल सन्धिमा एयरलाइन्स कम्पनी आफैले आफ्नो वाहनको कुनै कमजोरी नरहेको भनी प्रमाणित गरेको अवस्थामा मात्रै असीमित बिमा दायित्वको दाबी गर्न नपाउने व्यवस्था गरेको छ ।