सौर्य एयरलाइन्सले नयाँ जहाज भित्र्याउँदै

७० सिट क्षमता रहने सो जहाज थपिएसँगै सौर्य एयरसँग ३ वटा जहाज हुनेछन् । सौर्य एयरले विराटनगर, भैरहवा, भद्रपुर, नेपालगन्ज र धनगढीमा नियमित उडान गरिरहेको छ ।

सौर्य एयरलाइन्सले दसंैअघि नै नयाँ जहाज भित्र्याउने भएको छ । आर्थिक अभावका कारण करिब एक महिना सेवा बन्द गरेको सौर्य एयरले १ अर्ब रुपैयाँ लगानीमा नयाँ जहाज भित्र्याउन लागेको कम्पनीका बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिए ।

उनले क्यानडामा निर्मित बम्बार्डियर सीआरजे २०० जेट जहाज भित्र्याउन आवश्यक तयारी गरिरहेको बताएका छन् । ७० सिट क्षमता रहने सो जहाज थपिएसँगै सौर्य एयरसँग ३ वटा जहाज हुनेछन् । सौर्य एयरले विराटनगर, भैरहवा, भद्रपुर, नेपालगन्ज र धनगढीमा नियमित उडान गरिरहेको छ ।

केही साताअघि मात्र गैरआवासीय नेपाली (एनआरएन) श्याम अधिकारीको समूहले ६७ करोड रुपैयाँमा सौर्य एयर व्यवस्थापनको जिम्मा लिएका थिए ।