बढ्दै छन् एयर होस्टेसमा करिअर देख्ने युवती

नेपालमा पछिल्लो पटक नयाँ एयरलाइन्स कम्पनी थपिँदै गएका छन् । स्थापित कम्पनीले पनि नयाँनयाँ जहाज ल्याउने क्रम बढेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले पनि जहाज थप्दै छ । एयरलाइन्स कम्पनीहरु सेवा दिन नयाँ जहाज थप्दै प्रतिस्पर्धामा उत्रिँदा एयर होस्टेसको माग पनि बढ्दै गएको छ ।

उडिरहेको जहाजभित्र संसारका विभिन्न मान्छेसँग कुरा गर्दै उनीहरुलाई सेवा पु¥याउनु मात्र एयर होस्टेसको काम होइन । जहाजभित्र यात्रुको रेखदेख र ककपिटमा रहेका पाइलटसँगको समन्वयमा काम गर्नु पनि एयर होस्टेसको दायित्व हुन्छ । यस्तै काम र दायित्वलाई करिअर बनाउनकै लागि युवतीहरु एयर होस्टस बन्न चाहन्छन् ।

बुटवल मङ्गलापुरकी दीपा राना अहिले सहारा इन्टरनेसनल कलेज अफ आइटी एन्ड एभिएसन बुटवलमा एयर होस्टेसको ट्रेनिङ लिइरहेकी छिन् । प्लस टू तहको अध्ययन सकेर ६ महिनाको एयर होस्टेसको कोर्स गरेकी राना एयर होस्टेसमै आफ्नो करिअर बनाउने धुनमा छिन् ।

‘एयर होस्टेसलाई ग्ल्यामरस फिल्ड भन्ने गरिन्छ । यो ग्ल्यामरस मात्र होइन, कन्फिडेन्स लेभलमा पुगेपछि अझ बढी ज्ञान बढाउने क्षेत्र पनि हो,’ १९ वर्षीया राना भन्छिन्, ‘मलाई पहिलादेखि नै एयर होस्टेस बन्ने चाहना थियो । त्यही कारणले पनि यो कोर्स गरिरहेकी छु ।’ कोर्स पूरा हुनेबित्तिकै जुन एयरलाइन्समा जागिर खुल्छ, त्यहीँ अप्लाई गर्ने उनको योजना छ ।

सहाराले सन् २०११ देखि एयर होस्टेसको तालिम दिँदै आएको छ । बुटवलमा स्थापना भएको सहाराले बुटवलमा सहारा इन्टरनेसनल कलेज अफ आइटी एन्ड एभिएसन र दुई वर्षअघि काठमाडौंमा सहारा इन्टरनेसनल एयर होस्टेस एकेडेमीमार्फत एयर होस्टेसको कोर्स सञ्चालन गर्दै आएको छ ।

‘हामीले स्थापनाको आठ वर्षमा आठ सयभन्दा बढीलाई एयर होस्टेसको कोर्स दिइसकेका छौं,’ सहाराका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक आलोक भट्टराईले भने । आठ सय जनालाई तालिम दिएकोमा ४० प्रतिशतले विभिन्न एयलाइन्समा जागिर पाइसकेको उनले बताए ।

एयर होस्टेसको कोर्स पूरा गर्न यति नै पढ्नुपर्छ भन्ने छैन । एसईईपछिको ग्यापमा यो तालिम लिएर प्लस टू तह सकेपछि जागिर खानु उत्तम हुने भट्टराईको भनाइ छ । प्लस टू तह सकेपछि ३ महिनादेखि ६ महिनाको समयमा पनि यो कोर्स पूरा गर्न सकिन्छ । ‘पढाइलाई पनि डिस्टर्ब नहुने गरी कोर्स लिनु नै राम्रो हुन्छ,’ उनले भने । एयर होस्टेसको जागिरका लागि प्लस टू पास, उचाइ ५ दशमलव ३ इन्च र १८ वर्षदेखि २७ वर्ष उमेरसमूहको हुनुपर्छ ।

बुटवलकै एलिसा थापा मगर प्लस टू सकेर अहिले एयर होस्टेसकै तयारीमा छिन् । बुटवलमा ५ महिनाको कोर्स लिएकी उनी एक महिनाको कोर्सका लागि काठमाडौं आउने तरखरमा छिन् । ‘लेडिजका लागि सबैभन्दा राम्रो करिअर एयर होस्टेस जस्तो लाग्छ, त्यसैले सानोदेखि नै यही सपना थियो । यसैलाई नै करिअर गराउने कुरामा अघि बढेकी छु,’ उनले भनिन् ।

मिस नेपाल २०१८ की प्रतियोगी एलिसा अधिकारी पनि आफ्नो करिअर एयर होस्टेस नै बनाउने योजनामा छिन् । काठमाडौंको सहारामा एयर होस्टेसको कोर्स लिइरहेकी अधिकारी भन्छिन्, ‘मलाई कुनै पनि तरिकाले मान्छेहरुको सेवा गर्न मनपर्छ, एयर होस्टेसमा पनि सेवाको मौका बढी हुन्छ, त्यसैले एयर होस्टेस बन्न चाहेको हो ।’ एयर होस्टेसको कोर्स लिने बेलामै पर्सनालिटी डेभलपमेन्टलगायत विभिन्न ट्रेनिङ हुने गर्छ । यसले अझ आत्मविश्वास बढाउने भएकाले पनि ढुक्क भएर यसका लागि बढ्न सकिने उनी बताउँछिन् । ‘कोर्स पूरा गरेर डोमेस्टिक वा अन्तर्राष्ट्रिय जुन एयरलाइन्समा भए पनि म एयर होस्टेस बन्ने योजनामा छु,’ उनले भनिन् । विश्वका विभिन्न मान्छेसँग नजिक हुन पाइने, हरेक दिन नयाँ कुरा पनि सिक्न पाइने भएकाले पनि एयर होस्टेसमा आकर्षण बढेको उनले बताइन् ।

सहाराले एयर होस्टेसका लागि अङ्ग्रेजी भाषाका लागि आईएलटीएसको क्लास दिन्छ । त्यस्तै लिडरसिप, फुड एन्ड बेभरेज, फस्ट एड, पर्सजनालिटी डेभलमेन्ट, स्विमिङलगायतको तालिम दिने सहाराले जानकारी दिएको छ । ‘उद्धार गर्नेदेखि लिएर यात्रुसँगको व्यवहार कसरी गर्नेसम्मको तालिम प्रदान हुन्छ,’ भट्टराईले भने । एउटा ब्याचलाई एकपटक जहाजभित्र नै लगेर अनुभव पनि गराउने सहाराको भनाइ छ ।

‘प्लस टू तह सकेपछि के गर्ने भन्ने अन्योल बढी हुन्छ । तर मैले पहिले नै एयर होस्टेसको तालिम लिने निर्णय गरेकी थिएँ,’ एयर होस्टेसको कोर्स लिइरहेकी काठमाडौंकी दीपिका पाठकले भनिन् । करिअर के बनाउने भन्ने योजना पहिला नै हुनुपर्छ, त्यहीअनुसारको पढाइ र तालिमले सहज बनाउने उनी बताउँछिन् । सहारामा कोर्स लिइरहेकी पाठक तालिमले मात्र भन्दा पनि वातावरण पनि सहज बनाउने भएकाले आफूले सहारा रोजेको बताउँछिन् ।

एयर होस्टेसले विशेषगरी हवाई यात्रुको सेवासुविधा र सुरक्षालाई ध्यान दिन जरुरी हुन्छ । त्यसैले बढी तालिम यसैमा केन्द्रित हुन्छ । यात्रुको सुरक्षामा ध्यान दिनु, यात्राको समयमा यात्रुको रेखदेख गर्नु, आपत्कालीन समयमा कसरी सुरक्षित रहने, आगो लाग्दा कसरी निभाउने, खोला वा समुद्रमा आपत्कालीन अवतरण गर्दा कसरी उद्धार गर्ने, ग्राउन्ड तालिमदेखि लिएर फ्लाइट तालिमसम्म एयर होस्टेसले लिनुपर्ने हुन्छ ।

‘हामी सबै तालिम विज्ञबाट गराउँछौं, कन्फिडेन्स बढाउनेदेखि लिएर ज्ञान बढाउन हामी प्राक्टिकलमा पनि बढी जोड दिन्छौं,’ सहाराका सीईओ भट्टराईले भने । अहिले नेपालमा दर्जनभन्दा बढी एयर होस्टेस ट्रेनिङ दिने संस्था छन् । धेरैले जागिरको ग्यारेन्टी गरेको विज्ञापन देखिन्छ । ‘तर हामी सुरुमै जागिरको ग्यारेन्टी गर्न सक्दैनौं । तर अप्लाई गर्नेबेलादेखि इन्टरभ्यूसम्मको बेलासम्म सहयोग गर्छाैं,’ उनले भने ।

नेपालमा पछिल्लो पटक नयाँ एयरलाइन्स कम्पनी थपिँदै गएका छन् । स्थापित कम्पनीले पनि नयाँनयाँ जहाज ल्याउने क्रम बढेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले पनि जहाज थप्दै छ । एयरलाइन्स कम्पनीहरु सेवा दिन नयाँ जहाज थप्दै प्रतिस्पर्धामा उत्रिँदा एयर होस्टेसको माग पनि बढ्दै गएको छ ।

डोमेस्टिक एयरलाइन्समा नेपाली एयर होस्टेसको मागसँगै अन्तर्राष्ट्रिय एयरलाइन्समा पनि नेपाली एयर होस्टेस पुगिरहेका छन् । सहाराबाट उत्पादित एयर होस्टेसहरु नेपालका प्रायः सबै एयरलाइन्सदेखि अन्तर्राष्ट्रिय एयरलाइन्स फ्लाई इमिरेट्स र वातियाना एयरलाइन्समा समेत काम गरिरहेको भट्टराईले जानकारी दिए ।