गण्डकी प्रदेशको राजधानीमा निर्माण भइरहेको पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको एनिमेटेड भिडियो सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बिहीबार बिहान ट्वीटर मार्फत सो एनिमेटेड भिडियो सार्वजनिक गरेका हुन् ।
भिडियोमा विमानस्थलको बोर्डिङ एरिया, चेक इन एरिया, सुरक्षा जाँच हुने क्षेत्र, ड्युटी फ्री पसलहरु पनि देखाइएको छ । पोखरा विमानस्थलबाट नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडान गरेको र अवतरण गरेको पनि देखाइएको छ ।
पर्यटन मन्त्री अधिकारीले पोखरा विमानस्थल सन् २०२१ भित्रमा सञ्चालनमा ल्याइसक्ने बताउँदै आएका छन् । केहि दिन अघि मात्र विमानस्थलको टर्मिनल भवनको उद्धघाटन गरेका थिए ।