सेयर बजार सङ्घका उपाध्यक्ष ताराप्रसाद फुलेलका अनुसार केही समयका लागि बजार ओरालो झरे पनि अबको केही समयमा बजारले सही गति लिने बताए । उनका अनुसार अब धेरै समय बजारले नकारात्मक बाटो लिँदैन ।
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको पहिलो दिन आइतबार दुई दशमलव ७८ अङ्कले घटेको छ । एक हजार एक सय ७८ दशमलव ५० अङ्कबाट सुरु भएको बजार दुई अङ्कले घट्दै एक हजार एक सय ७५ अङ्कमा आएको छ ।
सेयर बजार सङ्घका उपाध्यक्ष ताराप्रसाद फुलेलका अनुसार केही समयका लागि बजार ओरालो झरे पनि अबको केही समयमा बजारले सही गति लिने बताए । उनका अनुसार अब धेरै समय बजारले नकारात्मक बाटो लिँदैन ।
आइतबार नेप्सेमा कारोबार भएका नौ परिसूचक घट्दा उत्पादनमूलक समूहमा भने सुधार आएको छ । आज नेप्सेमा उत्पादनमूलक १४ दशमलव १७ अङ्कले बढेको छ । तर अन्य सबै समूहमा गिरावट आएको छ भने व्यापार समूहको कारोबार भएन ।
यस्तै, आज सबैभन्दा बढी निर्जीवन बिमा ४२ दशमलव ४८ अङ्क, लघुवित्त १२ दशमलव ६२ तथा विकास बैङ्क ११ दशमलव ५ अङ्कले ओरालो लागेका छन् भने अरु समूहको सूचक एकल अङ्कले घटेको छ ।
नेप्सेका अनुसार आज एक सय ४६ कम्पनीका दुई हजार पाँच सय ७५ कारोबारबाट छ लाख नौ हजार दुई सय २५ कित्ता सेयर किनबेच भई २० करोड ५५ लाख ५८ हजार छ सय ४३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजार दुई अङ्कले घटेको दिन आज नेप्सेमा ङादी ग्रुपको सेयर मूल्य चार दशमलव १९ प्रतिशतले बढेको छ भने कर्णाली विकास बैङ्कको सेयर पाँच दशमलव ७ प्रतिशतले घटेको छ ।