भदौ १४ गते बिहान ८ देखि साढे १० बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को काठमाडौंमा हुने चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विशिष्ट पाहुनाहरुलाई लक्ष्य गरी साढे २ घण्टा विमानस्थल बन्द गर्न लागिएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भदौ १४ गते बिहान ८ देखि साढे १० बजेसम्म बन्द हुनेछ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को काठमाडौंमा हुने चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विशिष्ट पाहुनाहरुलाई लक्ष्य गरी साढे २ घण्टा विमानस्थल बन्द गर्न लागिएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

उनले भीआईपी पाहुनाको सुरक्षाका लागि विमानस्थल बन्द गर्नुपरेको बताउँदै उनीहरु फर्किंदा भने आधा घण्टा मात्र बन्द हुने बताए । महाप्रबन्धक क्षेत्रीले बिम्स्टेक सम्मेलन देशकै प्रतिष्ठाका रुपमा महत्त्वपूर्ण उत्सव भएकाले यात्रुको सुरक्षा तथा सहजीकरणका लागि यात्रुबाहेक आगन्तुकको प्रवेश निषेध गरिएको जानकारी दिए । कुनै यात्रु बिरामी, अशक्त, सहयोगी नभई नहुने अवस्था भएमा मात्रै एक जना सहयोगी प्रवेश गर्न सक्नेछन् । यात्रुबाहेक अन्य व्यक्तिलाई प्रवेश सुविधा सम्मेलन अवधिभर नहुने विमानस्थलका महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।

यात्रुसँग पहिले नै सम्पर्क र पहिचान भई लिन आउने होटलका निजी गाडीको हकमा जहाज अवतरणको ५ देखि १० मिनेटअघि मात्र प्रवेश भई यात्रु लिएर तत्काल फिर्ता हुन आग्रह गरिएको छ ।

प्रवेश पास भएका वा परिचयपत्र भएका तथा यात्रु लिई आएकाबाहेक अन्य खाली ट्याक्सीलाई प्रवेश निषेध भएकाले रिङरोड नजिकको विमानस्थल प्रवेसद्वारबाटै प्रवेश निषेध गरिएको छ । भीआईपी पाहुनाहरुलाई नै लक्ष्य गरी भीआईपी कक्षलाई थप सुधार गरिएको क्षेत्रीले बताए ।