सेयर बजारमा सामान्य सुधार, १९ करोडको कारोबार

आज नेप्से एक दशमलव ३७ अङ्कले बढेर एक हजार एक सय ७७ दशमलव ९ अङ्क कायम भएको छ । मङ्गलबार नेप्से एक हजार एक सय ७५ दशमलव ७२ अङ्कबाट सुरु भएको थियो ।

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज मङ्गलबार सामान्य अङ्कले बढेको छ । आज नेप्से एक दशमलव ३७ अङ्कले बढेर एक हजार एक सय ७७ दशमलव ९ अङ्क कायम भएको छ । मङ्गलबार नेप्से एक हजार एक सय ७५ दशमलव ७२ अङ्कबाट सुरु भएको थियो ।

यसअघि कारोबार भएको दिन आइतबार र अघिल्लो सातामा पनि ओरालो गतिमा रहेको नेप्से बिम्स्टेकको मुखमा आएर सामान्य सुधार भएको छ ।

आज नेप्सेमा एक सय ५४ कम्पनीका तीन हजार दुई सय ७४ कारोबारबाट छ लाख २२ हजार आठ सय एक कित्ता सेयर किनबेच भई १९ करोड पाँच लाख १३ हजार नौ सय ९६ रुपैयाँ बराबरको कारोबार भएको छ, जुन आइतबारको कारोबार रकमभन्दा एक करोड रुपैयाँले कम हो ।

यसअघि कारोबार भएको दिन आइतबार नेप्सेमा एक सय ४६ कम्पनीका दुई हजार पाँच सय ७५ कारोबारबाट छ लाख नौ हजार दुई सय २५ कित्ता सेयर किनबेच भई २० करोड ५५ लाख ५८ हजार छ सय ४३ रुपैयाँ कारोबार भएको थियो ।

बजार उकालो लागेको दिन आज नेप्सेमा कारोबार भएका १० समूहमध्ये तीन समूहमा गिरावट आएको छ भने व्यापार समूहको कारोबार भएको छैन । आज सबैभन्दा बढी जीवन बिमा ३१ दशमलव ०३, जलविद्युत् तीन दशमलव ०४ र अन्य समूह शून्य दशमलव ८ अङ्कले घटेको छ ।

यस्तै आज, नेप्सेमा उत्पादनमूलक १२ दशमलव २६, होटल १२ दशमलव २४ तथा विकास बैङ्क आठ दशमलव ६७ अङ्कले बढेको छ भने अरु समूहमा सामान्य सुधार आएको छ ।