निजगढ विमानस्थलको मोडालिटी बनाउन एलओआई आह्वान गर्ने तयारी

अर्थमन्त्री डा. युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोग, लगानी बोर्ड र मन्त्रालयका प्रतिनिधिहरुबीच भएको छलफलपछि एलओआई आह्वान गर्ने सहमति भएको हो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढको मोडालिटी बनाउन आशयपत्र (लेटर अफ इन्टेन्ट–एलओआई) आह्वान गर्ने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोग, लगानी बोर्ड र मन्त्रालयका प्रतिनिधिहरुबीच भएको छलफलपछि एलओआई आह्वान गर्ने सहमति भएको हो ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले एलओआई आह्वानका लागि छलफल अघि बढेको बताए । ठोस निर्णय हुन बाँकी रहेको बताउँदै उनले केही दिनभित्र एलओआई आह्वान हुन सक्ने जानकारी दिए ।

दोस्रो विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) स्वीकृत भइसकेको छ । ईआईए प्रतिवेदनमा झन्डै २४ लाख रुख कटान गर्नुपर्ने र ८ हजार हेक्टर जमिन ओगट्ने उल्लेख गरिएको छ । यस्तै करिब १५ सय घरधुरीलाई सानुपर्ने छ । सरकारले निजगढ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कोरियन कम्पनीसँग किन्ने निर्णय गरिसकेको छ ।