यस क्षेत्रमा भइरहेको आर्थिक विकासले सम्पत्तिमा बृद्धि हुने र यात्राको अनुपात बढ्ने बताउँदै बोइङले सन् २०३७ सम्म दुर्इ लाख ४० हजार पाइलट तथा तीन लाख १७ हजार क्याबिन क्रुको आवश्यकता पर्ने जनाएको छ ।
तपाईंलाई रोजगारी चाहिएको छ भने विमान चालकको प्रशिक्षण लिएर चीन जान सक्नुहुन्छ । विमान कम्पनी बोइङले आगामी दुई दशकमा एशिया प्रशान्त क्षेत्रमा ठूलो संख्यामा पाइलट र प्राविधिकको आवश्यकता पर्ने पूर्वानुमान गरेको छ ।
यस क्षेत्रमा भइरहेको आर्थिक विकासले सम्पत्तिमा बृद्धि हुने र यात्राको अनुपात बढ्ने बताउँदै बोइङले सन् २०३७ सम्म दुर्इ लाख ४० हजार पाइलट तथा तीन लाख १७ हजार क्याबिन क्रुको आवश्यकता पर्ने जनाएको छ । चीनमा यसको आधा जनशक्ति खपत हुने बताइएको छ । यो पूर्वानुमानले हाल पाइलटको कमीको समस्या खेपिरहेको उद्योगलाई थप दबाब सृजना गरेको छ ।
आगामी दशकमा धेरै पाइलटहरुले अवकास पाउने हुँदा हेलिकप्टर पर्यटन र निजी लक्जरी जेटजस्ता हवाई सेवामा जनशक्तिको माग बढिरहेको छ । बोइङका अनुसार चीनमा मात्र एक लाख २८ हजार पाँच सय नयाँ पाइलट आवश्यक पर्नेछ भने दक्षिणपूर्वी एसियामा ४८ हजार पाँच सय तथा दक्षिण एसियामा ४२ हजार सात सय ५० पाइलट आवश्यक पर्नेछन् ।
बोइङका अनुसार विश्वका यात्रुवाहक विमान उत्पादनको ४० प्रतिशत विमान एशिया प्रशान्त क्षेत्रमा खपत हुनेछ ।