आज बुधबार नेप्सेमा एक सय ६३ कम्पनीका तीन हजार दुई सय ७४ कारोबारबाट छ लाख चार हजार चार सय ३८ कित्ता सेयर किनबेच भई १९ करोड २१ लाख ५६ हजार तीन सय २६ रुपैयाँबराबरको कारोबार भएको छ । नेप्सेमा मङ्गलबार पनि १९ करोड रुपैयाँबराबरको करोबार भएको थियो ।
सेयर बजार मापक नेपाल स्टक (नेप्से) बुधबार चार दशमलव ७९ अङ्कले ओरालो लागेको छ । आज एक हजार एक सय ७७ दशमलव ५ अङ्कबाट सुरु भएको बजार चार अङ्कले घटेर एक हजार एक सय ७२ दशमलव ३० अङ्क कायम भएको छ । नेप्से मङ्गलबार सामान्य सुधार आएर बन्द भएको थियो ।
कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्सेमा तीन अङ्क घटेपछि केही सुधार देखिँदै उकालो लाग्ने सङ्केतका साथ घटेकै अवस्थामा दुई अङ्क सुधार भएको थियो । तर, फेरि बजार ओरालो बाटोमा लाग्दै चार अङ्क घटेको अवस्थामा बन्द भएको हो ।
आज बुधबार नेप्सेमा एक सय ६३ कम्पनीका तीन हजार दुई सय ७४ कारोबारबाट छ लाख चार हजार चार सय ३८ कित्ता सेयर किनबेच भई १९ करोड २१ लाख ५६ हजार तीन सय २६ रुपैयाँबराबरको कारोबार भएको छ । नेप्सेमा मङ्गलबार पनि १९ करोड रुपैयाँबराबरको करोबार भएको थियो ।
मङ्गलबार नेप्सेमा एक सय ५४ कम्पनीका तीन हजार दुई सय ७४ कारोबारबाट ६ लाख २२ हजार आठ सय कित्ता सेयर किनबेच भई १९ करोड पाँच लाख १३ हजार रुपैयाँबराबरको कारोबार भएको थियो ।
बजार ओरालो लागेको दिन नेप्सेमा कारोबार भएका सबै १० समूह घटेका छन् । आज व्यापार समूहको भने कारोबार भएन । सबैभन्दा बढी जीवन बिमामा ३८ दशमलव १८, निर्जीवन बिमा २८ दशमलव ४ र उत्पादनमूलक १७ दशमलव ०६ अङ्कले घटेको छ भने अरू समूहमा सामान्य गिरावट आएको छ ।
नेप्से परिसूचक घटे पनि ङादी ग्रुपको सेयर मूल्य चार दशमलव ४४ प्रतिशतले बढेको छ भने कालिका माइक्रोफाइनान्स लघुवित्तीय संस्थाको सेयर मूल्य पाँच दशमलव १६ प्रतिशतले घटेको छ ।