पुँजी बजारको विकास र विस्तारका लागि आफू भाषणभन्दा पनि काम गर्नतर्फ लागेको खतिवडाले बताए । उनले हकप्रद र बोनस सेयरमा कर लगाउने प्रणालीका विषयमा करिब एक हप्ताभित्र टुङ्गो लगाइने बताए ।
अर्थमन्त्री डा. युवराज खतिवडाले वाणिज्य बैङ्कलाई ब्रोकर लाइसेन्स दिएपछि पुँजी बजारको पहुँच देशभर पुग्ने बताएका छन् । उनले ब्रोकरका विषयमा बैङ्कहरुसँग हाल छलफल भइरहेकाले बैङ्कलाई सहायक कम्पनी खोलेर ब्रोकरको नाम दिने तयारी भएको बताएका हुन् ।
नेपाल पुँजी बजार लगानीकर्ता सङ्घको भेटमा अर्थमन्त्री खतिवडाले बैङ्कलाई ब्रोकरको लाइसेन्स दिने विषय कार्यान्वयनका लागि आफूले अबको केही दिनमा बैङ्कर्सहरुसँग छलफल गर्ने बताए । पुँजी बजारको विकास र विस्तारका लागि आफू भाषणभन्दा पनि काम गर्नतर्फ लागेको खतिवडाले बताए । उनले हकप्रद र बोनस सेयरमा कर लगाउने प्रणालीका विषयमा करिब एक हप्ताभित्र टुङ्गो लगाइने बताए ।
नेपाल पुँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेलको नेतृत्वमा गएको टोलीले अर्थमन्त्रीसँग दोस्रो बजारलाई लगानी र प्रविधिमैत्री बनाउन, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई पुँजी बजारमा भित्र्याउने वातावरण बनाउन अनुरोध गरेको छ ।
सरकारको बेवास्ताका कारण घटिरहेको सेयर बजारमा दैनिक करोडौं घाटामा जाने बताउँदै बजारमा हाल आईपीओ तथा एफपीओ समेत बिक्री हुन छाडेकामा समयमै गम्भीर हुन लगानीकर्ताले अर्थमन्त्रीलाई अनुरोध गरे ।
यस्तै, इन्भेस्टर्स फोरमले बुझाएको ज्ञापन पत्र लिँदै राजस्व सचिव शिशिर ढुङ्गानाले पुँजीगत लाभकरका विषयमा सेयर लगानीकर्तामा देखिएको अन्यौल चाँडै हटाइने बताएका छन् । उनले बोनस र हकप्रद सेयरमा लाग्ने पुँजीगत लाभकर पनि लगानीकर्तालाई मार नपर्नेगरी लागू गरिने योजनामा अर्थमन्त्रालय रहेको बताए ।