साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले १८ प्रतिशत बोनस सेयर दिने भएको छ । बैङ्कको बुधबार बसेको सञ्चालक समितिले गत आर्थिक वर्ष २०७४÷७५ को सञ्चित नाफाबाट हाल कायम चुक्ता पुँजी एक अर्ब ३७ करोड ८६ लाख रुपैयाँको १८ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव ९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ६२ करोड ६७ लाख रुपैयाँ पुग्नेछ । बैङ्कले गरेको प्रस्तावलाई नियामक नेपाल राष्ट्र बैङ्कले स्वीकृति दिएपछि बैङ्कको साधारणसभाले पारित गरेमा मात्रै बोनस सेयरसम्बन्धी सेयरधनीको डिम्याट खातामा पठाउन योग्य हुनेछ ।