यसअगाडि बिहीबारसम्मका लागि एक हप्ता थप गरिएकोमा सबै सेयर आवेदकलाई लागि भन्दै शुक्रबारदेखि भदौ २१ गतेसम्मका लागि सेयर आवेदन दिन समय थपिएको हो ।
४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाका लागि सेयर आवेदन दिन एक हप्ता थपिएको छ । यसअगाडि बिहीबारसम्मका लागि एक हप्ता थप गरिएकोमा सबै सेयर आवेदकलाई लागि भन्दै शुक्रबारदेखि भदौ २१ गतेसम्मका लागि सेयर आवेदन दिन समय थपिएको हो ।
दोलखावासीका लागि एक करोड ५ लाख ९० हजार कित्ता सेयर खरिद गर्न आह्वान गरिएकोमा दैनिक स्थानीयको आवेदन भर्न उत्साहजनक सहभागिता देखिएको छ । प्रतिकित्ता सय रुपैयाँ अङ्कित १ अर्ब ५ करोड ९० लाख रुपैयाँ मूल्यको सेयर खरिद गर्न न्यूनतम ३० देखि अधिकतम ३ सय कित्ताका लागि स्थानीयले आवेदन दिइरहेका छन् । राजधानीमा बसोवास गर्ने दोलखालीका लागि पनि गत भदौ १ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो । सेयर खरिद गर्न आवेदन दिने स्थानीयलाई आयोजनाबाट अति प्रभावित, कम प्रभावित र प्रभावित गरी ३ सूचीमा वर्गीकरण गरिएको छ ।
हालसम्म तामाकोसीको सेयरमा झन्डै १ लाख ७० हजार स्थानीयले आवेदन दिएको बताइएको छ ।