सेयर कारोबारमा एकतिहाइ कमी, नेप्से ३ दशमलव १९ अङ्कले बढ्यो

अघिल्लो बिहीबार ११७८.५ अङ्कमा रहेको नेप्से हिजो बिहीबार भने ११ सय ८१ दशमलव ६९ अङ्कमा रोकिएको छ । साताभर जम्मा ३ दशमलव १९ अङ्कले नेप्से बढेको छ । यो साताको कारोबार भएको ४ दिनमा दुई दिन बढ्ने तथा दुई दिन घट्ने भए पनि बढ्ने गति तीव्र भएका कारण सातामा उच्च विन्दु कायम गरेको छ ।

यो साता सेयर कारोबार रकममा एक तिहाइ कमी आएको छ । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य बढे पनि कारोबार रकममा भने व्यापक कमी आएको हो । यो साता नेप्सेमा १ सय ८० कम्पनीहरुको ११ हजार सात सय ८८ कारोबारबाट २५ लाख ४२ हजार सात सय १० कित्ता सेयर खरिदबिक्री भई ८० करोड ३० लाख सात हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

यो कारोबार रकम गत साताको तुलनामा ३१ दशमलव ८१ प्रतिशतले थोरै हो । गत साता एक सय ८५ कम्पनीहरुको १६ हजार ६ सय २० कारोबारबाट ४४ लाख २१ हजार नौ सय ५० कित्ता सेयर खरिदबिक्री भई एक अर्ब १७ करोड ७५ लाख ७१ हजार रुपैयाँबराबरको कारोबार भएको थियो । सरसर्ती हेर्दा गत साताको तुलनामा यो साता कारोबार रकम मात्र नभई कारोबार सङ्ख्या, कारोबार कित्ता पनि कम छ ।

अघिल्लो बिहीबार ११७८.५ अङ्कमा रहेको नेप्से हिजो बिहीबार भने ११ सय ८१ दशमलव ६९ अङ्कमा रोकिएको छ । साताभर जम्मा ३ दशमलव १९ अङ्कले नेप्से बढेको छ । यो साताको कारोबार भएको ४ दिनमा दुई दिन बढ्ने तथा दुई दिन घट्ने भए पनि बढ्ने गति तीव्र भएका कारण सातामा उच्च विन्दु कायम गरेको छ ।

यो साता सबैभन्दा बढी नेपाल इन्भेस्टमेन्ट बैङ्कको संस्थापक सेयर सात करोड ३९ लाख ६० हजार रुपैयाँबराबरको रकमको कारोबार भएको छ । त्यसैगरी एनएमबी बैङ्कको एक लाख ३२ हजार कित्ता र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पाँच सय ८८ ओटा कारोबार गरी अग्रस्थानमा छन् । यो साता सर्वाधिक बढी रकमको कारोबार गर्ने पाँच कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ४५ लाख ८० हजार, एनएमबी बैङ्कको चार करोड पाँच लाख ५० हजार, एनआईसी एसिया बैङ्कको ३ करोड ३३ लाख ८० हजार र एनएलजी इन्स्योरेन्स कम्पनीको दुई करोड ४९ लख ५० हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।

सोमबार काठमाडौं उपत्यकामा गाईजात्रा परेका कारण यो साता नेप्सेमा चार दिन मात्रै सेयर कारोबार भएकोमा संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।