भ्रमण वर्ष २०२० मा बिम्स्टेक पर्यटन सम्मेलन हुने

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै २०२० मा नेपालले बिम्स्टेक पर्यटन कनक्लेभ गर्ने उल्लेख गरिएको हो ।

पर्यटन प्रवद्र्धनका लागि नेपालले बिम्स्टेक पर्यटन सम्मेलन गर्ने भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै २०२० मा नेपालले बिम्स्टेक पर्यटन कनक्लेभ गर्ने उल्लेख गरिएको हो ।

नेपाल सरकारले २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गरी २० लाख पर्यटक नेपालमा भित्र्याउने घोषणा गरेको छ । बिम्स्टेकको यो निर्णयले नेपालको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का महासचिव आङपेम्बा शेर्पाको भनाइ छ । उनले बिम्स्टेकको सम्मेलनसँगै नेपालको पर्यटन क्षेत्रको समेत प्रचार प्रसार हुने भएकाले स्वागत योग्य भएको उनको भनाइ छ ।

बिम्स्टेक पर्यटन सम्मेलनका लागि निजी क्षेत्रबाट आवश्यक सहयोग गर्न तयार रहेको समेत टानका महासचिव शेर्पाले जानकारी दिए ।