यति एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घाँसे मैदानमा , सबै यात्रु सकुसल

विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जहाजमा रहेका सम्पूर्ण यात्रुहरु सुरक्षित रहेको बताए । जहाजमा २१ जना यात्रु रहेका थिए ।

यति एयरलाइन्सको नाइन एन एच डब्लु जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिप्लिएर घासे मैदानमा पुगेको छ । नेपालगंजबाट काठमाण्डौ आएको जहाज विमानस्थलको धावनमार्गमा चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।

विमास्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जहाजमा रहेका सम्पूर्ण यात्रुहरु सुरक्षित रहेको बताए । जहाजमा २१ जना यात्रु रहेका थिए ।
दुर्घटना के कारणले भयो भन्ने विषय भने एकिन भएको छैन् । जहाज हटाउनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल नागरिक उड्ड्यण प्राधिकरणका कर्मचारी र यति एयरलाइन्सका प्राविधिक टोली सक्रिय रहेको बताइएको छ । हाल विमानस्थल बन्द अवस्था रहेको छ ।