हालसम्म जहाज निकाल्न नसकिएको कारण विमानस्थल खुल्न अझै केही समय लाग्न विमानस्थलका अधिकारीहरुको भनाइ छ ।
यति एयरलाइन्सको जहाज दुर्घटनाको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द छ । नेपालगञ्जबाट काठमाडौं आएको जहाज अवतरणको क्रममा दुर्घटनामा परेको थियो ।
रातिदेखि नै विमान निकाल्न प्रयास गरिएपनि हालसम्म सम्भव भएको छैन । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बिहान ८ बजेसम्म विमानस्थल बन्द रहने बताए । तर हालसम्म जहाज निकाल्न नसकिएको कारण विमानस्थल खुल्न अझै केही समय लाग्ने विमानस्थलका अधिकारीहरुको भनाइ छ ।
यति एयरलाइन्सको नाइन एन एच डब्ल्यू जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । जहाजमा रहेका सबै यात्रुहरु सकुल छन् ।
दुर्घटनाग्रस्त जहाज निकाल्नका लागि नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का कर्मचारी र यति एयरलाइन्सका कर्मचारीहरु बिहानैबाट लागि परेका छन् ।