बाह्र घण्टापछि विमानस्थल खुल्यो

विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले दुर्घटनाग्रस्त जहाज घाँसे मैदानबाट धावनमार्गमा ल्याइएको र अवरुद्ध विमानस्थल सञ्चालनमा आएको जानकारी दिए ।

यति एयरलाइन्सको जहाज दुर्घटनापछि अवरुद्ध रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब १२ घण्टापछि खुलेको छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले दुर्घटनाग्रस्त जहाज घाँसे मैदानबाट धावनमार्गमा ल्याइएको र अवरुद्ध विमानस्थल सञ्चालनमा आएको जानकारी दिए ।
नेपालगंञ्जबाट काठमाण्डौंमा आएको जहाज अवतरणको क्रममा शनिवार राती करिब ८.३० बजे दुर्घटनामा परेको थियो ।
यति एयरलाइन्सको नाइन एन एच डब्ल्यू जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । जहाजमा रहेका सबै यात्रुहरु सकुल छन् ।

दुर्घटना ग्रस्त जहाज निकाल्नका लागि नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राकिरण (क्यान)का कर्मचारीहरु र यति एयरलाइन्सका कर्मचारीहरु विहानैबाट लागि परेका थिए ।