पाँच कम्पनीको १ अर्ब ७० करोड रुपैयाँको सेयर सूचीकृत

सूचीकृत सेयरमध्ये सिटिजन्स बैङ्क इन्टरनेसनलको थप प्राथमिक निस्कासन (एफपीओ) हो भने कुमारी बैङ्क र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद तथा मन्जुश्री फाइनान्स र युनाइटेड फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।

नेपाल स्टक एक्सचेन्जमा पाँच कम्पनीको एक अर्ब ७० करोड ३ लाख ८ हजार ४ सय रुपैयाँबराबरको १ करोड ७० लाख ३ हजार ८४ कित्ता सेयर सूचीकृत भएको छ । सूचीकृत सेयरमध्ये सिटिजन्स बैङ्क इन्टरनेसनलको थप प्राथमिक निस्कासन (एफपीओ) हो भने कुमारी बैङ्क र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद तथा मन्जुश्री फाइनान्स र युनाइटेड फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।

कुमारीको १ करोड १९ लाख ३८ हजार ९ सय ९२ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । त्यसैगरी सूर्या लाइफको पनि २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार आइतबारै सिटिजन्स बैङ्क इन्टनेसनलको ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओ सूचीकृत भएको हो । आइतबार सूचीकृत हुनेमा मन्जुश्री फाइनान्सको ४ लाख ३४ हजार ६ सय २७ कित्ता बोनस सेयर छ भने युनाइटेड फाइनान्सको १२ लाख ७८ हजार १ सय ४० कित्ता बोनस सेयर छ ।

आज स्वरोजगार लघुवित्तको हकप्रद भर्ने अन्तिम दिन

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले साउन १३ गतेदेखि निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिने भदौ १७ गते आइतबार (आज) अन्तिम दिन हो । लघुवित्तले एकबराबर एकको अनुपातमा १२ लाख २४ हजार ९७७ कित्ता सेयर निष्कासन गरेको थियो । लघुवित्तको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार असार २७ गतेसम्म कायम सेयरधनीले आज कार्यालय समयभित्र हकप्रद भर्न पाउनेछन् ।

हकप्रद सेयरमा धितोपत्र बोर्डवाट सी आस्वा सदस्यको अनुमति प्राप्त गरेका सबै बैङ्क तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी एनएमबी क्यापिटल नागपोखरी, कामना सेवा विकास बैङ्कको ज्ञानेश्वर शाखा र सेन्ट्रल फाइनान्सको कुपन्डोल तथा चाबहिल शाखा, एनएमबी बैङ्कका शाखा कार्यालयहरु, स्वरोजगार लघुवित्त बनेपा, गुडविल फाइनान्स हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपाटी ललितपुरबाट आवेदन दिन सकिनेछ ।