आइतबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २४ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करवापत १ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई २४ प्रतिशत बोनस सेयर दिने भएको छ । आइतबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २४ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करवापत १ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तको यो निर्णय नियामक नेपाल राष्ट्र बैङ्कले स्वीकृत गरी कम्पनीको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ । असारमा ८ करोड ९४ लाख ८४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको हकप्रद सेयरपछि चुक्ता पुँजी १० करोड ३८ लाख ६० हजार रुपैयाँ पुग्ने र सो चुक्ता पुँजीमा २४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
मिर्मिरेले गत आर्थिक वर्षमा तीन करोड चार लाख ३० हजार रुपैयाँ खुद नाफा गरेको थियो ।