काबेलीको ३५ प्रतिशत बोनस सेयर

काबेलीले घोषणा गरेको लाभांश हालसम्मको सबैभन्दा बढी हो । यसअघि मेरो माइक्रोफाइनान्स लघुवित्त संस्थाले २६.३२ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

काबेली विकास बैङ्कले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ३५ प्रतिशत बोनस सेयर दिने भएको छ । काबेलीले घोषणा गरेको लाभांश हालसम्मको सबैभन्दा बढी हो । यसअघि मेरो माइक्रोफाइनान्स लघुवित्त संस्थाले २६.३२ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

हाल चुक्ता पुँजी २१ करोड ५ लाख ९० हजार ४ सय रुपैयाँ रहेको काबेलीले ७ करोड ३७ लाख ६ हजार ६ सय ४० रुपैयाँबराबरको बोनस सेयर दिने घोषणा गरेको हो । आइतबार बसेको बैङ्क सञ्चालक समितिले गाभिने संस्थाको हकमा कर तिर्नु नपर्ने भएकाले करबापतको रकम नगद लाभांशमा प्रस्ताव नगरिएको जनाएको छ ।

बैङ्कले प्रस्ताव गरेको बोनस सेयर नियामक नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति पाई वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरणका लागि योग्य ठहरिन्छ । काबेली विकास बैङ्क र माउन्ट मकालु विकास बैङ्क मर्ज भएर गत जेठदेखि काबेलीकै नामबाट वित्तीय सेवा दिँदै आएको छ ।