२० लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्यका साथ मनाउन लागिएको भ्रमण वर्षको लोगो जर्मन, रसियन, अरबिक, थाई, जापानी, फ्रान्सेली, चिनियाँ र अङ्ग्रेजी भाषामा सार्वजनिक गरिएको छ ।
भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपाल पर्यटन बोर्डले विभिन्न आठ भाषामा प्रचार सुरु गरेको छ । भ्रमण वर्षको सचिवालय नेपाल पर्यटन बोर्डले बनाएको लोगोलाई आठ भाषामा अनुवाद गरी प्रचार थालिएको हो ।
२० लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्यका साथ मनाउन लागिएको भ्रमण वर्षको लोगो जर्मन, रसियन, अरबिक, थाई, जापानी, फ्रान्सेली, चिनियाँ र अङ्ग्रेजी भाषामा सार्वजनिक गरिएको छ ।
भ्रमण वर्ष सुरु हुन करिब १७ महिना बाँकी रहँदा पर्यटन बोर्डले लोगोको तीव्र प्रचारप्रसार थालेको हो । तर अहिलेसम्म राष्ट्रिय संयोजक तोक्न नसक्दा अन्य कार्यक्रम भने सार्वजनिक हुन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले भदौको दोस्रो साताभित्रमा राष्ट्रिय संयोजक तोकिसक्ने बताए पनि हालसम्म निर्णयमा पुग्न सकेका छैनन् ।