मङ्गलबार तीव्र उतराचढाव भएको नेप्से कारोबार सुरु भएदेखि बढ्दै तीन अङ्कले सुधार भएर फेरि चार अङ्कले झरेको थियो । तर, नेप्सेले यु टर्न लिँदै तीव्र गतिमा सुधार आएको नेप्से सात अङ्कले बढेर पुनः ओरालो लाग्दै तीन अङ्क बढेको अवस्थामा बन्द भएको छ ।
यस साता लगातार बढ्दै आइरहेको सेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको तेस्रो दिन मङ्गलबार तीन दशमलव ६९ अङ्कले बढेको छ । एक हजार दुई सय छ दशमलव ९८ अङ्कबाट सुरु भएको नेप्से तीन अङ्कले बढेर एक हजार दुई सय नौ दशमलव ९५ अङ्कमा रोकिएको हो ।
मङ्गलबार तीव्र उतराचढाव भएको नेप्से कारोबार सुरु भएदेखि बढ्दै तीन अङ्कले सुधार भएर फेरि चार अङ्कले झरेको थियो । तर, नेप्सेले यु टर्न लिँदै तीव्र गतिमा सुधार आएको नेप्से सात अङ्कले बढेर पुनः ओरालो लाग्दै तीन अङ्क बढेको अवस्थामा बन्द भएको छ ।
पछिल्लो समय सेयर लगानीकर्ताले सरकारी पदाधिकारीलाई लगातार भेट्दै घट्दो बजारप्रति सरकारी दृष्टिकोणका बारेमा बुझ्दै आएका छन् । नेपाल पुँजीबजार सङ्घ, नेपाल इन्भेस्टर्स फोरमजस्ता सङ्घले अर्थमन्त्री, राजस्व सचिव, बैङ्कर्स सङ्घका पदाधिकारीलगायतका व्यक्तित्वसँग भेटघाट गर्दै आएका छन् ।
आज नेप्सेमा एक सय ७२ कम्पनीका पाँच हजार सात सय ४० कारोबारबाट १७ लाख ५५ हजार पाँच सय ८७ कित्ता सेयर किनबेच भई ५२ करोड १९ लाख २२ हजार पाँच सय ७२ रुपैयाँबराबरको कारोबार भएको छ, जुन सोमबारको कारोबार रकमभन्दा दुई करोडले कम हो ।
नेप्सेमा हिजो सोमबार एक सय ६९ कम्पनीका पाँच हजार नौ सय ७१ कारोबारबाट १८ लाख ९८ हजार तीन सय ५ कित्ता सेयर खरिदबिक्री भई ५४ करोड ६० लाख २१ हजार सात सय १९ रुपैयाँबराबरको कारोबार भएको थियो ।
मङ्गलबार नेप्सेमा वर्गीकृत समूहमध्ये व्यापार समूहको कारोबार भएन भने कारोबार भएका १० समूहमध्ये छमा गिरावट आउँदा पनि नेप्से सकारात्मक अवस्थामा बन्द भएका हो । आज सबैभन्दा बढी जलविद्युत् नौ दशमलव ९९ ले घटेको छ । साथै उत्पादनमूलक, वित्त, लघुवित्त, जीवन बिमा पनि सामान्य अङ्कले घटेको छ ।
त्यसैगरी आज होटल १२ दशमलव ५६, बैङ्किङ ५ दशमलव ७, निर्जीवन बिमा ४ दशमलव ३७, विकास बैङ्क ३ दशमलव ५ र अन्य १ दशमलव ४७ अङ्कले बढेको छ । बजार सामान्य अङ्कले बढेको दिन आज नेप्सेमा लक्ष्मी बैङ्कको सेयर ४ सय १० पटक कारोबार भएको छ भने काबेली विकास बैङ्कको सेयर मूल्य ९ दशमलव २६ प्रतिशतले बढेको छ ।