पर्यटकीय नगरी पोखरामा रहेको एयरपोर्टमा पनि वाइफाई फ्री गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार वल्डलिङ्कसँगको सहकार्यमा वाइफाई फ्री सञ्चालनमा ल्याइएको बताइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले एक वर्षभित्रमा सम्पूर्ण एयरपोर्टमा वाइफाई फ्री बनाउने घोषणा गरेका थिए । हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा एयरपोर्टमा वाइफाई फ्री बनाइएको छ । एयरपोर्टमा वाइफाई फ्री बनाएपछि यात्रुहरुलाई सूचना आदानप्रदानमा सहज हुने विश्वास लिइएको छ ।