लगानीकर्ताको सक्रियतापछि नेप्से २३ अङ्क बढ्यो, कारोबार ७१ करोड

बजारमा उत्साहजनक वृद्धि आउँदा काबेली विकास बैङ्कको सेयर मूल्य ९ दशमलव ७५ प्रतिशले बढेको छ भने युनिलिभर नेपालको सेयर ३ दशमलव ९ प्रतिशतले घटेको छ । यस्तै काबेली विकास बैङ्कको सबैभन्दा बढी ५ सय १६ कित्ता सेयर किनबेच भएको छ ।

लगानीकर्तासम्बन्धी विभिन्न संस्था क्रियाशील भएपछि सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढ्न थालेको छ । साताको चौथो दिन बुधबार नेप्से २३ दशमलव २१ अङ्कले बढेर बन्द भएको छ । कारोबार सुरु भएदेखि नै तीव्र गतिमा बढेको नेप्से ३२ अङ्क बढे पनि वृद्धि थाम्न नसकेर अन्तिममा बढेकै अवस्थामा ओरालो लागेर घटेको हो ।

१ हजार २ सय १० दशमलव ४६ अङ्कबाट सुरु भएको बजार एकाएक २३ अङ्कले बढ्दै १ हजार २ सय ३३ दशमलव ४५ अङ्क कायम भई बन्द भएको छ । नेप्सेमा एकाएक उछाल आएको दिन आज कारोबार रकम करिब ७१ करोडको भएको छ ।

आज नेप्से कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से केही समय स्थिर रहँदै उकालो लागे पनि त्यसपछि भने रफ्तारमा बढेको हो । नेप्से आफ्नो ३२ अङ्कको वृद्धि थाम्न नसकेर अन्तिम समयमा भने बढेकै अवस्थामा झरेर कारोबार रोकिएको छ । केही उतारचढाव देखिएको नेप्सेले यस सातामा एकाएक वृद्धिको सङ्केत देखाइरहेको छ ।

लगानीकर्ताका विभिन्न सङ्घले अर्थमन्त्री, बैङ्कर्स सङ्घका पदाधिकारी, राजस्व सचिव र अर्थसचिवलाई भेटेर घट्दो बजारको चिन्ता व्यक्त गरेका थिए । लगानीकर्तासँगको भेटमा सरकारी ओहोदामा बसेका व्यक्तित्वले बजारप्रति सकारात्मक विचार राखेपछि हौसियका लगानीकर्तामा सकारात्मक मनासाय बनेपछि नेप्से बढ्न थालेको हो ।

साताको पहिलो दिनदेखि नै बढ्न थालेको बजारले आज चौथो दिन पनि आफ्नो वृद्धि कायम राखेपछि बजारप्रति लगानीकर्ताको हेराइ नै परिवर्तन भइरहेको लगानीकर्ताहरुले नै बताउँदै आएका छन् । बुधबार नेप्सेमा १ सय ६७ कम्पनीका ७ हजार ७ सय ६५ कारोबारबाट २३ लाख ४१ हजार ८ सय ६३ कित्ता सेयर किनबेच भई ७० करोड २० लाख १६ हजार ३ सय ६ रुपैयाँबराबरको कारोबार भएको छ, जुन मङ्गलबारको कारोबार रकमभन्दा १७ करोडले बढी हो ।

मङ्गलबार नेप्सेमा १ सय ७२ कम्पनीका ५ हजार ७ सय ४० कारोबारबाट १७ लाख ५५ हजार ५ सय ८७ कित्ता सेयर खरिदबिक्री भई ५२ करोड १९ लाख २२ हजार ५ सय ७२ रुपैयाँबराबरको कारोबार भएको थियो । सबै ११ समूहको कारोबार भएको दिन आज नेप्सेमा व्यपार र उत्पादनमूलकमा गिरावट आएको छ भने बाँकी समूहमा उत्साहजनक वृद्धि भएको छ । व्यपार २ दशमलव ७९ र उत्पादनमूलक ३६ दशमलव ७४ अङ्कले घटेको छ ।

साथै आज निर्जीवन बिमा १ सय ६२ दशमलव ५७, जीवन बिमा ९३ दशमलव २७, लघुवित्त ४१ दशमलव ७३, जलविद्युत् ३१ दशमलव ८५, बैङ्किङ २२ दशमलव ३८, विकास बैङ्क २८ दशमलव २१, होटल १९ दशमलव ११ र वित्त ९ दशमलव ५२ अङ्ले बढेको छ ।

बजारमा उत्साहजनक वृद्धि आउँदा काबेली विकास बैङ्कको सेयर मूल्य ९ दशमलव ७५ प्रतिशले बढेको छ भने युनिलिभर नेपालको सेयर ३ दशमलव ९ प्रतिशतले घटेको छ । यस्तै काबेली विकास बैङ्कको सबैभन्दा बढी ५ सय १८ कित्ता सेयर किनबेच भएको छ ।